काठमाडौँ, मंसिर १७ / नेपाल बाहिर नेपाली साहित्य दिनप्रतिदिन फस्टाउँदैछ । विश्वका विभिन्न मुलुकलाई कर्मभूमि बनाएका सर्जकहरू नेपालमा आई कृतिविमोचन गर्ने सुन्दर परम्पराले निरन्तरता पाएको छ ।

यसै क्रममा अष्ट्रेलियालाई कर्मभूमि बनाएका सर्जक आनन अच्युतको तेश्रो कृति “ढल्किएको आकाश” को नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा एक समारोहका बीच विमोचन सम्पन्न भयो ।

विमोचित कृतिको बारेमा वोधराज पौडेल तथा पुरूषोत्तम न्यौपानेले समीक्षात्मक टिप्पणी गर्नु भएको थियो । समीक्षक दुवैले कृतिका विशेषता र कमजोरी औंल्याउनुभयो ।

कार्यक्रममा साहित्यकार गोविन्द गिरी प्रेरणा तथा सिने कलाकार आर्यन सिग्देलले शुभकामना मन्तब्य प्रस्तुत गर्नु भएको थियो ।

लेखक आनन अच्युतको विमोचित कृति “ढल्किएको आकाश” उनको तेश्रो कृति तथा पहिले कथा संग्रह हो । यसमा १४ कथाहरू संग्रहित छन् । यसअघि उहाँका “वासन्ती प्रेम” तथा “ झंझावात” दुई उपन्यास प्रकाशित छन् ।

“ढल्किएको आकास” पुस्तक बिएन पुस्तक संसारले बजारमा ल्याएको हो ।