Chovar Blues Mobile Size

लेखन कुन्ज नेपालले कतारको दोहा सहरमा सिर्जनात्मक लेखन प्रशिक्षण कार्यक्रम राख्ने भएको कुञ्जका निर्देशक कमल ढकालले बताउनु भएको छ ।

नेपालमा १० वर्षदेखि उत्कृष्ट साहित्य सिर्जना गर्न चाहने सिकारू तथा लामो समयदेखि सिर्जनाकर्ममा लागेका तर प्रशिक्षण नपाएका सर्जकहरूलाइ घोष्ट राइटिङ नेपाल तथा लेखन कुञ्जले सिर्जनात्मक लेखनका कक्षाहरू सञ्चालन गर्दै आइरहेको छ । निर्देशक ढकालले यसमार्फत उत्कृष्ट संस्मरण तथा अन्य पुस्तक प्रकाशन समेत गर्दै आइरहनु भएको छ ।

लेखन कुन्ज नेपालले कतारमा रहेर नेपाली साहित्य कर्ममा लागेकाहरूको लेख्यशैलीमा थप निखारता ल्याउन सहायक होस् भनी यो कार्यक्रम आयोजना गर्न लागेको ढकालले बताउनुभयो ।

हालसम्म १६ औं शृंखलासम्म सिर्जनात्मक लेखन प्रशिक्षणका कक्षाहरू गरिसकेको लेखन कुन्ज नेपालले कतारमा पनि प्रशिक्षणको माध्यमबाट थप सर्जकहरू जन्माउने सिर्जनात्मक लेखन प्रशिक्षण गर्न लागिएको ढकालले बताउनुभयो ।

घोष्ट राइटिङले हालसम्म ४२१ जना साहित्यकार तथा लेखकको पुस्तक प्रकाशन गरिसकेको छ भने १ सय भन्दा धेरै पुस्तकको सम्पादन पनि गरिसकेको छ ।

घोष्ट राइटिङ नेपालका ढकालले आउँदो डिसेम्बर ४ देखि डिसेम्बर १५ सम्म कतारमै रहने र आपसी सल्लाह गरी समयको अनुकूलता मिलाएर सो प्रशिक्षण कार्यक्रमको मिति तय गरिने जानकारी दिनुभयो ।