काठमाडाैँ / टुक्का साहित्य समाजकाे आयाेजनामा प्रयाेगवादी लघुत्तम काव्यिक उपविधा टुक्का कविताकाे कार्यक्रम अनन्त टुक्का यात्रा भाग-१० “लैङ्गिक हिंसा अन्त्य गराैँ ” भन्ने आह्वान गर्दै टुक्का कविताहरू सिर्जना गरेर सम्पन्न भएकाे छ ।

टुक्का कविताका परिकल्पनाकार तथा टुक्का अभियन्ता ताराप्रसाद चापागाईँ र वरिष्ठ टुक्काकार/ टुक्का अभियन्ता राजेशराज गड्ताैलाले प्रशिक्षण गर्नु भएकाे २०७९ मङ्सिर १२ र १३ गते सञ्चालित दुई दिने कार्यक्रममा नेपाल भारत लगायत विश्वका विभिन्न स्थानहरूबाट १२६ जना टुक्कायात्रीहरुले भाग लिएका थिए ।

अनन्त टुक्का यात्राकाे परिकल्पनाकार समेत रहेका मुख्य प्रशिक्षक तथा कार्यक्रमकाे संयाेजक चापागाईंले समाजहरूमा पुरूष भन्दा महिलाहरू विभिन्न प्रकारका हिंसाबाट बढी पिडित भएका कारण लैङ्गिक हिंसा भन्ने बित्तिकै महिला हिंसा भनेर बुझ्ने प्रचलन रहेका छ तर लैङ्गिक हिंसा भनेकाे महिला हिंसा मात्र नभएर महिला वा पुरूष वा तेस्रो लिङ्गी भएकै आधारमा पेशा,अध्ययन, कार्यस्थल,परिवार तथा समाजमा वा कुनै पनि ठाउँमा घृणा गर्नु, कूटपिट गर्नु, यौनजन्य दुराचार, डरत्रास,धम्कि दिनु,पारिश्रम नदिनु वा कम दिनु,अश्लील शब्द बोन्नु जस्ता विभिन्न किसिमका लैङ्गिक हिंसाहरू हुने गरेका छन् । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तराष्ट्रिय स्तरमा नै मनाईदै आएकाे छ । विश्वभरी मनाइदै आएकाे याे अभियान नेपालमा पनि २०७९/०८/०९ देखि २४ गते सम्म ” सभ्य समाजको पहिचान : लैङ्गिक हिंसा विरुद्धको अभियान ” भन्‍ने नाराका साथ सञ्चालन भई रहेकाे छ भन्दै हामी मानव सचेत प्राणि भएकाेले हामीले समाजमा स्वतन्त्र भएर बाँच्न पाउने तथा निष्पक्ष न्यायकाे अधिकारकाे लागि आफ्नाे हक, अधिकारकाे बारेमा सधैँ सचेत रहनुकाे साथै अरुलाई पनि सचेत गराउनु पर्छ भन्ने कुरामा जाेड दिँदै समाजमा दबाइएका, अन्यायमा पारिएका समुदायकाे पीडा, सामाजिक विकृति र विसङ्गतिहरूलाई टुक्का कविताकाे माध्यमले उजागर गर्दै सम्बन्धित निकायकाे ध्यान आकृष्ट गर्ने उद्देश्यले टुक्का कविताकाे फरक शैलीकाे कार्यक्रम “अनन्त टुक्का यात्रा” सञ्चालन भएकाे कुरा जानकारी गराउनु भएकाे थियाे ।

कार्यक्रममा सङ्कलन भएका टुक्का कविताहरुकाे भाषा सम्पादन टुक्का अभियन्ता बिना राेकाले गर्नु भएकाे थियाे।

कार्यक्रमकाे समापन गर्दै टुक्का अभियन्ता/ प्रशिक्षकद्वय चापागाईं तथा गड्ताैलाले अनन्त टुक्का यात्रा भाग १० मा विश्वभरिबाट सहभागी भई हाम्राे टाेल, छिमेक, समाज, देश र विश्वलाई नै सु-सूचित, सचेत र खबरदारी गर्दै लैङ्गिक हिंसा विहीन समानतामा आधारित, न्यायपूर्ण, सभ्य र समुन्‍नत समाज निर्माणकाे लागि आह्वान गर्दै नव काव्यिक उपविधा टुक्का कविता (दुई हरफका कविता) काे अनन्त टुक्का यात्रा कार्यक्रममा सहभागी भई चाेटिला टुक्का कविताहरू सिर्जना गर्ने सम्पूर्ण टुक्कायात्रीहरू प्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।

टुक्कायात्रीहरूले “लैङ्गिक हिंसा अन्त्य गराैँ ” भन्ने आह्वानका साथ सिर्जना गर्नु भएका केही टुक्का कविताहरू

[१]
पुरुष हिंसामा पर्‍यौ कि के भयो
हेर्दाहेर्दै तिम्रो रूप रंग गयो ।
•डा.देवि पन्थी
[२]
अवसर छोरालाई मात्रै होइन हजुर, छोरीलाई पनि दिउँ
छोरा छोरी फरक होइनन्, अब दुबैलाई एउटै मालामा सिउँ ।
•राजेशराज गड्तौला
रतुवामाई- १०, मोरङ, हाल- प्रवास
[३]
१.
छोरा र छोरी बराबर हुन् नगरौँ विभेद,
खुलेर गरौँ यसको विरोध जनाई खेद ।
२.
यो छोराले गर्ने काम, यो छोरीले मात्र गर्ने,
हुन्न केही पनि बन्द गरौँ काम भ्रम छर्ने ।
•वसन्त अनुभव
घोराही, दाङ
[४]
१.
महिला र पुरुष एक रथका दुई पाङ्ग्रा हुन् जानौँ
सक्षम छन् प्रत्येक घरमा महिला भाग्यमानी ठानौँ।
२.
छोरी जस्तै हुन् बुहारी पनि मिलि घर सजाऊ
असल बुहारी हुनेछिन् राम्रो संस्कार सिकाऊ।
•बिना रोका
घोराही दाङ।
[५]
१.
लैङ्गिक हिंसा अन्त्य गर्नलाई लागि पर्नुपर्छ
थाहा छ कि छैन सबैले एक खेप मर्नुपर्छ ।
२.
छोराछोरी बराबर दुई आँखाका नानी
आमाबाट नै सिक्ने त हुन् अधिकांश बानी।
•तिला लेकाली
बेलबारी, माेरङ्ग
[६]
१.
हटेको देख्न चाहन्छ मन सम्पूर्ण विभेद
महिलामाथि ज्यादती हुँदा लाग्दछ नि खेद ।
२.
सदियौँदेखि देखेका अनि भोगेका यातना
पर्दछ रोक्नु, आउनु पर्छ सचेत भावना ।
•रचना शर्मा प्रतीक्षा
महालक्ष्मी नगरपालिका ४, ललितपुर
[७]
छोरीले नि पढ्नु पर्छ नियम कानुन जान्नुपर्छ
स्वाधिनतामा बाँच्न पाउँनु भन्या पनि मान्नुपर्छ ।
•गुणनिधि घिमिरे
अमेरिका
[८]
१.
लैङ्गिक हिंसा अन्त्य गरौँ भन्ने नारा राम्रो
यस्तो उद्घोष पूरा गर्ने कर्तव्य हो हाम्रो।
२.
तल माथि हुन्न कोही लिङ्गको आधारमा
नारी पुरुष बराबरी हुन् यो संसारमा।
•रामशरण न्यौपाने
भक्तपुर
[९]
के हामी उस्तै होइनौँ र? किन तिम्रो हेप्‍ने बानी,
समानताका भाषण गर्छौ पुग्दा तिमी जता नी।
•अनिल खग्रास
[१०]
१.
लैङ्गिक हिंसाको नि अन्त्यको लागि संघर्ष गर्नु पर्छ
नियम कानुन कडा बनाए भ्रष्टाचारी त्यसै मर्छ ।
२.
हत्या हिंसा बलात्कार जरैबाट उखेलेर फ्याके हुन्छ
चेलीबेटीको हालत देख्दा जो कसेैको भित्री मन छुन्छ।
•अम्विका अधिकारी
झापा विर्तामोड
[११]
लैङ्गिक हिंसा अन्त्य गर्न अब सबै लाग्नुपर्छ ,
मिलाएर हातहरू जोसका साथ जाग्नुपर्छ ।
•गंगा खड्का
बूढानीलकण्ठ , काठमाडौँ
[१२]
१.
छोराछोरी त हुन हाम्रा सन्तान
विभेद गर्नु हुन्न भनेर जान।
२.
देश अब बनाउनुछ सुन्दर
परेर देश भित्र नै आफ्नै भर ।
•तेजप्रसाद खनाल
दाङ।
[१३]
यथार्थबाट टाढिँदा दूरी नापेर नापिन्न
चुलोबाट पर सर्दा आगो तापेर तापिन्न ।
•प्रीति आत्रेय ज्ञवाली
बुटवल, हाल प्रवास
[१४]
छोरी पनि छोरा जस्तै अघि बढाऊँ
बाबुआमा, समाजले राम्राे पढाऊँ ।
•नारायण कोइराला
तानसेन पाल्पा
[१५]
जताततै घन्काऔं अब समानताको नारा
लैङ्गिक हिंसा अन्त्य गर्न लौ उठौँ जुटौँ सारा ।
•रचना मोक्तान
काभ्रे
[१६]
संविधानमा लेख्या छ रे नारी पुरुष समान भनी
कैहिले आउला दिन कठै ! सङ्गै हिँड्ने समान बनी ?•सरस्वती भट्ट
लमजुङ
[१७]
१.
पुरुष र नारी बिचको विभेद हट्नुपर्छ
आदर्श समाज अनि मात्र बल्ल बन्ने गर्छ।
२.
छोराछोरी समान हाम्रा यी दुई आँखाका नानी
राम्राे व्यवहारले सुधाराैँ यिनकाे जिन्दगानी ।
•अस्मिता सापकोटा
भरतपुर ४,चितवन
[१८]
जरो गाड्दैछ समाजमा लैंगिक हिंसा र हत्याले अझै पनि
सचेत हुँदै अघि बढ्न सकेमा सबै बाधा, विध्न हट्छ अनि।
•भवानी चुडाल
धरान १८ सुनसरी
[१९]
१.
छोरी बुहारी समान गरौ विभेद गर्न हुन्न।
हासौं बोलाउँ कोही चेली नपरोस् रोएको सुन्न ।
२.
रगत उही रातो काटे दुख्छ आँसु उस्तै बग्छन, नारी पुरुष बराबरी
श्रम उस्तै रहर उद्देश्य उही जात भनेर हल्ला किन ? होस सराबरी ।
•चुडामणि देबकोटा
च न पा १३ काठमाण्डौ
[२०]
१.
पुरूष अनि नारी बिच विभेद भाग्नुपर्छ,
एकल प्रयास काफी हुन्न सबै लाग्नुपर्छ ।
२.
नरनारी बराबरी सन्देश यही छरौँ,
सबै मिलि लैङ्गिक हिंसा अब अन्त्य गरौँ ।
•त्रिलाेचन भण्डारी
मेचीनगर, झापा
[२१]
१.
छोरा र छोरी बुहारीलाई , नगरौंं कसैले विभेद,
लैङ्गिक हिंसा अन्त्य गर्न,सबैले खुलेर गरौं खेद।
२.
नारी पुरुष बराबर दुवैमा अधिकार हुन्छ ,
बराबरीको रेखामा बसेपछि कसले पो छुन्छ।
•बेदु न्यौपाने
काठमाडौ
[२२]
१.
छाेरी बुहारी एउटै रगत हुन् भन्ने ज्ञान छराैँ,
आजैबाट हत्या हिंसा यस देशबाट अन्य गराैँ।
२.
भेदभाव, अपहेलना ,कुसंस्कार हामीले नै ताेडाैँ,
छाेरी बुहारी पनि एक हुन् भन्ने जनचेतना जाेडाँ।
•सहयात्री शाेभा अर्याल
रुपन्देही १४ बुटवल
[२३]
नारी पुरुष एकै सोचले अघि बढ्दै ज्ञान छरौँ
आज देखि नै देशैबाट लैङ्गिक हिंसा अन्त्य गरौँ।
•उमा दाहाल
शुन्दरहरैँचा -१०, मोरङ
[२४]
मानव जाति एकै हौं भनि चेतना जगाऔँ
कुविचार अनि कुप्रथालाई पार लगाऔँ।
•सरिता सेढाई
धादिङ
[२५]
छोरी पनि हुरुक्क हुन्छिन् पढ्न पठाऊ,
छोरा मात्र सन्तान हैनन् धाक नलाऊ ।
•कमला भट्टराई
खोटाङ
[२६]
१.
तिता वचनले नारीलाई नघाेच्नु
सबैकाे अधिकार समान हाे साेच्नु ।
२.
छाेरी पराई घर जाने सम्झेर अपहेलना नगर्नु
नरनारी रथका दुई पाङ्ग्रा बुझेर सुविचार छर्नु।
•रश्मि रिमाल
झापा
[२७]
१.
आइमाई होस या लोग्ने मान्छे सबैलाई बराबरी मानौ
अवसर र मौका दिनपर्दा भेदभाव नगरी नै छानौ ।
२.
कुसंस्कार र कुसंस्कृति जति त सबै मिलेर तोडैाँ
समाजलाई सवल बनाउन सबैको मन जोडैाँ ।
•पवन कुमार बुढाथेाकी
काठमाडौं
[२८]
अझैसम्म समाजमा लैङ्गिक हिंसा हत्याको जरो गाडिएको पाइन्छ
अब त अति भो, जागरुक हुनैपर्छ समाज, बिघ्नबाधा हटाइन्छ।
•कबिताहरी
सुन्दर हरैंचा नगरपालिका १ मोरङ
[२९]
१.
छोरी र चेली तड्पिने सधैँ हिंसामा परेर,
दिलाउ न्याय ती दोषीलाई कार्वाही गरेर।
२.
घन्काइ नारा हिंसा र पिडा मिलेर हटाऊ
चेतना भरौँ समाज भित्र मन्त्र यो रटाऊ।
•नवशिला
बेलबारी-२,लालभित्ती,मोरङ।
[३०]
युवाशक्त्ति जाग्नुपर्छ ज्ञानको ज्योति छर्नुछ,
लैङ्गिक हिंसा रोकथाम हैन अन्त्य गर्नुछ ।
•ऋषिराम खनाल
मध्यविन्दु – ६ नवलपुर ।
[३१]
१.
लैङ्गिक विभेद अन्त्य गरौँ सबैलाई खबरदार
बिनाविभेद बाँच्न पाउने हामी सबैकाे अधिकार ।
२.
छोराछोरी दुवैलाई माया दिउँ बराबर
नछुट्याउँ कहीँ कतै गर्नु सराबर ।
•साधना पाैडेल
रगनी-१, ओखलढुंगा
[३२]
१.
नारी जाती जगतकी जननी हुन्
तिनैमथि हिँसा गर्ने पापिष्ट कुन् ?
२.
नारीको सिर्जनाले जगतै धान्छ
तिनैमाथि कुट्पिट् कसले पो मान्छ।
•भूषण जंग
ललितपुर, हाल अमेरिका ।
[३३]
१.
कानुनमा लेखेर समानता पाना भरिँदै छन्,
व्यवहारमा लैङ्गिक विभेद कसरी बढ्छ झन्?
२.
दायित्व लिनुपर्छ समाजको सरकारले अति,
आफैबाट हटाउनु पर्‍यो असमानता छन् जति।
•होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
[३४]
१.
नारी पुरुष सबै बराबर ठानौं
समान हुन है दुवै सबैले मानौँ।
२.
नारीको घर थर पुरुषमा जोडौ
सुमधुर सम्बन्ध कहिल्यै नतोडौ ।
•प्रेम सुनार
दैलेख
[३५]
१.
ताेड्नु पर्छ अन्धविश्वास , बाँड्नु शिक्षा ,
कसैले बाँच्न त माग्नु पर्दैन भिक्षा ।
२.
शिक्षाले हटाउने छ , अन्धकारकाे जालाे ,
कसैले विभेद गर्ने छैन, हुन्छ उज्यालाे ।
•प्रद्युम्न चालिसे
भक्तपुर
[३६]
१.
मानव नै हुन् स्त्री पुरुष दुवै विभेद किन?
जरुरी छ बुझ्नु अनि सृष्टिको’ नि ज्ञान लिन।
२.
नारी पुरुषमा विभेद गर्ने अज्ञानी हुन्छन्
त्यस्तैहरुले त अनेक थरीको जाल बुन्छन्।
•दीपक ठटाल जलन
खरसाङ, दार्जीलिङ
[३७]
नारी नै त हुन् जननी , याे सुन्दर सृष्टिको मान,
किन गर्छाैं विभेद घरमा तिनै आमा छन् जान।
•शाेभा आचार्य गाैतम
काठमाडौँ
[३८]
१.
समाजको दुई पाङ्ग्रा हुन् नर अनि नारी,
रोकिन्छ गाडी यी दुवै नगुडे हाराहारी।
२.
शक्ति स्वरुपा महाकाली हुन् नारी
अबला नठान्नु जगमा छन् भारी।
•बिके मुखिया
दार्जीलिङ भारत।
[३९]
दुवैमा एउटै नजरले अझै हेरिँदैन
भेदभाव गरिरहँदा समाज फेरिँदैन।
•सन्जना शर्मा
दाङ लमही
[४०]
१.
नजन्मदै गर्भैमा मारिन्छ छोरी
भन्नुहोस् न समान भयो कसोरी।
२.
ठुला गफ दिन्छ यहाँ तिनैले
पैले तुहाउँछ गर्भ यिनैले ।
•साँग्रीस मानन्धर मोती
रुपन्देही
[४१]
समाजका कुसंस्कार र कुरीतिलाई सबैले हटाऔँ,
सम्पूर्णकाे हितकाे लागि बुलन्द आवाजहरू उठाऔँ ।
•केसर बाेहरा (सङ्घर्ष )
सुदुरपश्चिम अछाम, हाल भारतबाट ।।
[४२]
१.
गरिब देखेर न हो मेरी आमालाई बोक्सीको दर्जा दियौं!
धनी घरनाको ऐ भेनाज्यु दिदीको बिहामा दाइजो लियौं?
२.
जानेर लैङ्गिक हिंसा कुरुप समाजको प्रतीक बराबर
जिउने समान अधिकार सबै जीवनको दिलभरी छर।
•बि.कुलुङ
दार्जिलिङ
[४३]
अझै देखियो अन्ध विश्वास सबैका घर
महिला हिंसा कम गर्न आफै लागि पर।
•रत्ना पुन मगर
रुकुम पश्चिम्
[४४]
१.
हेला नगर्नु दाजुभाइ नारीलाई पनि
देखाउने छन् नारीले नि राम्रो मान्छे बनी।
२.
नहेप्नु नारीलाई गर्छन् राम्रो काम
ठुलाे मान्छे बनेर राखेका छन् नाम।
•कल्पना भण्डारी
[४५]
गर्भबाटै छोरी हप्रतिक भएको देखिन्छ
शिक्षितले नै यस्तो कार्य गरेको भेटिन्छ।
•सुमित्रा पोखरेल
काठमाडौं
[४६]
१.
नियम कानुन जे बनाए पनि हुने भएन व्यवहारिक,
महिला माथि हुँदैआयो शोषण शारीरिक अनि मानसिक।
२.
अन्त्य गरौँ सामाजिक हिंसा बदलौँ नजरिया बरु,
हुन नदिनु छोरी माथि अन्याय र अत्याचार अरू।
•सुरेशकुमार पान्डे
दाङ घोराही १८
[४७]
मानव भै मानवीयताको सुगन्ध छरौँ
जरैदेखि लैंगिक हिंसा अब बन्द गरौँ ।
•इमान सिंह के सी
व्यास न.पा.९ तनहुँ, हाल काठमाडाैँ ।
[४८]
लैङ्गिक हिँसा हटाउन अब सक्दो पहल गराैँ
जता हुन्छ यस्तो कार्य त्यतातिर सचेतना भराैँ ।
•शर्मिला खतिवडा
विर्तामोड ,झापा
[४९]
१.
ठुलाबाटै हेपिन्छन् पनि शोषिन्छन् यहाँ,
बुझ्नेले देख्नेले नभने पुगिन्छ कहाँ ।
२.
जाग उठ नारी चेली अब चुप बस्ने हैन,
हिंसा भए आवाज भर नजुट्ने कोही छैन ।
•जमुना आचार्य
सिन्धुपाल्चोक
[५०]
समाजमा जहिले पनि सक्छौ भनी राम्रो सन्देश छर्नु,
सचेत हुनु जघन्य अपराध हो लैङ्गिक हिंसा गर्नु।
•शंकर कार्की
मकवानपुर
[५१]
लैङ्गिक हिंसा पनि रै’छ एउटा ठुलो महापाप
नगरौँ है काखा पाखा दुर्व्यवहारले लाग्छ श्राप।
•युवराज खतिवडा
बुद्धशान्ति-३, झापा
[५२]
चेतनाकाे स्तर बढाउन नयाँ याेजना आओस्,
महिला पुरुष हकहितमा सुधार भै जाओस्।
•धन कुमारी रेग्मी
भरतपुर चितवन
[५३]
लैङ्गिक हिंसा अन्त्य गर्न सबै अघि सरौँ
जनचेतना फैलाउने कार्य पनि गरौँ ।
•प्रेम थापा “मन”
बागलुङ
[५४]
छोराछोरी एउटै हुन समान व्यवहार गर्नु
यै एउटा सन्देश बोकेर हरेक ठाउँमा छर्नु ।
•आर के भण्डारी
बझाङ
[५५]
१.
उनै आमा हुन उनै बुहारी बनेकी
पुरुष कै समान हुन नारी भनेकी ।
२.
लैङ्गिक हिंसा अपराधको खेती
बनौ जागरुक गराउँ सचेती ।
•सागर आँसु
के.आइ.सिंह ६ डोटी
[५६]
१.
छाेरी हुन् घरकी अमूल्य गहना सम्मान राम्रो गराैँ
छाेराझैँ यिनैले स्वतन्त्र नवमा उर्जा यिनैमा भराैँ।
२.
आँखामा सजिलै मिलाेस् सुकुन जाे छाेरा र छाेरीसँगै
त्याग्नु भेद सधैँ घमण्ड मनकाे ओत्ने छहारीसँगै ।
•इन्दिरा प्रयास
सानाेठिमी भक्तपुर
[५७]
१.
जगतभरि नारी वर्ग उठ्नु पर्छ जाग्नु
विभेदको जरो खन्न हामी सबले लाग्नु ।
२.
हटाउनुछ त्यो प्रवृत्ति छोरी भनि हेप्ने
आऔँ जागौँ हात समाउ दुःख कति खेप्ने ।
•माधवी भट्ट
सुर्नया ३ गोयली, बैतडी
[५८]
१.
संविधानमा समानता छ तर व्यवहारमा लेखौं
सबै जनाले सुरक्षाको प्रत्याभूति पाएको नै देखौं ।
२.
लैङ्गिक हिंसा अन्त्य गर्न सबै लागी परौँ
सरकारलाई पनि खबरदारी गरौँ।
•डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा.-६, दोलखा ।
[५९]
१.
नारी पुरुष एउटै हुन् भनि अब कुरा बुझौं सबले
लैङ्गिक हिंसा रोक्न चालौं हातपाउ, हुन्न मात्र गफले।
२.
छोराछोरी बराबरी हुन् भनि जान्नुपर्छ
सबैले कुरा बुझी समानता मान्नुपर्छ ।
•अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा – ६ संखुवासभा हल मलेसिया
[६०]
दाइजोले नै पीडा थप्छ परिवार र नारीमाथि ,
याे कुसंस्कार मेटाउन अब त जुटाैँ युवा साथी ।
•मित्र उराठी गाैतम
[६१]
हटाउनुपर्छ भन्दा पनि थपिएकोछ
कानुमा हट्यो हिंसा झुट नै जपिएकोछ।
•बिनु विश्वकर्मा
बाजुरा
[६२]
१.
नारी समाजका रत्न त्यागी विभेदका कुरा,
चुडालौँ अब लौ मित्र विभेदी सब आँकुरा ।
२.
दुई लिङ्ग दुई जाती विभेद किन पो गरौँ,
नारी जीवनकाधार सम्मान दिलमा भरौँ।
•रामजी लामिछाने
पोखरा।
[६३]
नारीसङ्गै दाइजो खाेज्ने पुरुष हुन्छन् दाेषी
सुरुबाटै रुवाउँछन् हक अधिकार खाेसी ।
•रामप्रसाद बेल्बासे ‘एक्लो यात्री’
शीतगङ्गा-५,अर्घाखाँची
हाल: बुद्धभूमि-३,कपिलवस्तु।
[६४]
१.
मान्छेका बिच लिङ्ग भेद गर्ने कस्तो रुखो हाम्राे चलन् ,
नारीलाई समाजमा किन सधैँ हेप्दै गर्दैछौँ दलन् ।
२.
हाम्रो कानुन व्यवहारिक नभै आडम्बरी भैदियो,
नारा भाषणमा सधै सिमित भै जिम्लेर नै रैदियो ।
•बिबस पारदर्शी
भद्रपुर झापा
[६५]
१.
छोरा छोरी बराबर सोचौँ,नगरौँ कहिले हेला,
फेरि बुढेसकालमा छोरीको नै पर्नु पर्छ फेला।
२.
समान शिक्षा दिन सके छोरी गगन छुन्छन्,
फेरि आँटी र साहसिक इमानदारी हुन्छन्।
•दुर्गा आचार्य
मोरङ
[६६]
१.
लैङ्गिक हिंसा रोक्नै पर्छ आऊ है काली-गोरी,
एकै रथका दुई पाङ्ग्रा हुन् छोरा अनि छोरी।
२.
छोरी-बुहारी सचेत बनि अघि सर्नु पर्छ,
अनि मात्र घर-समाजले कुरा मान्ने गर्छ।
•अरुण कु.भुजेल
गोरूबथान,कालेबुङ्ग,भारत।
[६७]
नारी पुरुष हाराहारी माया गर्नुपर्छ बराबरी,
दुवै मिले घरदेखि देश नै बन्छ साेचाैँ सँधैभरि ।
•रामप्रसाद पुरी,बादेल,खाेटाङ
हाल बु न पा ११, फूलबारी कुवा टोल
कपन,काठमाडौ ।
[६८]
छोरी पनि छोरा जस्तै सन्तान भन्ने ठान
शरीरको आँखा दुई छोराछोरी हो जान ।
•सुमन शर्मा
[६९]
१.
समाजमा महिला पुरुष भेदभाव मान्नेलाई,
सम्मान गर्नुपर्छ ‘बा’को बिँडो आमाले धान्नेलाई।
२.
एउटै स्तनपान गरेका एउटा पुरुष अर्को नारी,
एउटै सिक्काको दुईवटा पाटा हेर्नहुन्न छाया पारि।
•भुपेन्द्र राना मगर
धादिङ
[७०]
लैङ्गिक हिँसा अन्त्य गरौ सबै मिलिजुली ,
चेत खोलौँ भत्काउनु छ विभेदका चुली ।
•कर्ण दयाल ‘सोराडी’
मेलौली नगरपालिका ७ ,बैतडी
[७१]
१.
लैङ्गिक हिंसा बन्द गरौँ भन्दै नारा लाउँछन्
कलिला ती बालिकाको कोठा कोठामा धाउँछन्।
२.
निर्दोषीलाई सजाय हुने दोषी लुक्ने देश
कहिले बुद्धि आउँछ होला? फुलिसक्यो केश।
•मन्दिरा सेढाई
मलेखु,धादिङ
[७२]
सभ्य समाजको पहिचान बनाई जागाैँ
लैङ्गिक हिंसा विरुद्ध अभियानमा लागौँ।
•रन्जना खड्का कुंवर
[७३]
हिंसा अत्याचार धेरै नगर्नु नारी माथी
दुर्गामाता भएर फेरि आउने छन् साथी ।
•दिपा शाही रावत
कैलाली ।
[७४]
समाजबाट हटाउनु पर्छ दाईजोको कुप्रथा
बुझ्नु पर्छ हामी सबैले निर्धनको मार्मिक व्यथा।
•नीता गुरूंग भाटिया
गुवाहाटी असम भारत।
[७५]
१.
तँ सानी म ठुलाे सबै भन्छन् माेरा
न जन्मिन्छ एक्लै न छाेरी न छाेरा ।
२.
नारा ठुला सब गरी घरमा सवारी,
मास्ने गराैँ न सबले, झुठकाे कटारी ।
•निरज काेइराला
बेलका १ उदयपुर, हालः इटहरी
[७६]
भेदभाव नगरौँ , भनी सबैमा बताउ
अब यो लैङ्गिक हिंसा जरैबाट हटाउ ।
•हिमा रोका
मेहेलकुना सुर्खेत
[७७]
महिला पुरुष हामी बराबर बनौँ
दुबैलाई अब सम्मानको साथ गनौँ ।
•साहित्य प्रेमी सलिन
जुम्ला
[७८]
तेस्रो लिङ्गी पनि मानिस हो, नगरौँ अपमान
स्वतन्त्र भई बाँच्न पाउनुपर्छ सबैले जान।
•बुद्धिमान दनुवार
सुरुङ्गा ४ झापा
[७९]
१.
घरेलु हिंसाको बढ्दै जाँदै छ लहर
खेप्नु पर्ने किन ? त हिंसाको यो जहर।
२.
घरेलु यो हिंसाको आउ विरोध गरौँ
सरकारको मात्र अब भर नपरौँ ।
•ईशहाक हुसैन
जीतपुर सिमरा १४ बारा
[८०]
तिम्रा रिस रागका तरङ्गहरू, मेटाउ सधैँ भरी,
समृद्ध समाज बनाऔँ लैङ्गिक, हिंसाको अन्त्य गरी ।
•गोपालकृष्ण डंगोल
काठमाण्डौँ (हाल इटहरी)
[८१]
नारी माथि नर्गनुहोस् कहिल्यै अत्याचार
नारीले नि पाउँछिन् आफ्न‍ो हक अधिकार ।
•अम्बिका कोइराला
धादिङ, नौविसे
[८२]
१.
कति कानुन बनिसके पत्तै हुँदैन
लैङ्गिक हिंसा गर्नेलाई छुदै छुँदैन।
२.
महिला पुरुष सबैलाई साथमा लिएर
लैङ्गिक हिंसा अन्त्य गरौँ अधिकार दिएर।
•लक्ष्मण समिर
बर्दिया
[८३]
१.
हिंसा रहित समाजको निर्माण गर्नुपर्छ
नत्र त शान्ति हराउँछ सबै विनाश गर्छ।
२.
आज भन्यो भोलि भन्यो झन झन बढी हुदैछ
रोक्नै पर्यो लैङ्गिक हिंसा चरम बिन्दु छुदैछ।
•इश्वरी अधिकारी
सुन्दर बजार ,लमजुङ
[८४]
दियो बले चेतनाको कानुन चाहिँदैन
बुझाैँ सबै महिला हिंसा गर्न पाइँदैन ।
•दुर्गा वनवासी
झापा
[८५]
१.
कार्यान्वयन गतिलो देखिदैन पारा,
छाेराछाेरी बराबरी लगाए नि नारा ।
२.
छाेराछाेरी बराबरी परिवारको शान ,
लैङ्गिक हिंसा राेक्नुपर्छ भन्छ अभियान ।
•केशवप्रसाद ढकाल ‘प्रीतबीज’
सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
[८६]
महिला, पुरुष, तेस्रो लिङ्गी सबैको एक धर्ती,
हुन्न हिंसा गर्नु कदापि, यही जान्नु मूल अर्ती।
•अच्युत घिमिरे
भुटान बाट
[८७]
१.
लिङ्ग विभेद गर्नेहरू देश समाजका भारी
इतिहास पढेर हेर्दा नि दुर्वल छैनन् नारी ।
२.
एउटा हात पुरुष हो भने अर्को हात नारी
छोरा र छोरीमा फरक देख्ने संसारको भारी ।
•युवराज बास्कोटा
सोठिया, विश्वनाथ, असम (भारत)
[८८]
मान्छेहरू हिंसा गर्दै के काे तँछाड मछाड
मरेपछि एउटै चिता दाउराको हाे टाँड ।
•पुष्पासायरा । विराटनगर ।
[७९]
१.
लैङ्गिक हिंसा अन्त गरौँ आजैदेखि मान,
हैन भने आखिरीमा लिन्छ यसले ज्यान ।
२.
हिंसाको बाटो छोडेर आज अगाडि बढ्नुछ,
मानव कर्म बुझेर अब शिखर चढ्नुछ।
•आर्त अकुलीन
कैलाली
[९०]
जब हाम्रो समाज नै बन्दैन बढ्दैन बिना पुरुष र नारी,
अनि किन मिथ्या बोकाउँछौं को ठुलो र को सानो भन्नेको भारी।
•करन बहादुर शाह
डडेल्धुरा
[९१]
नरनारी बराबर लिङ्ग मात्र फरक ,
भेद नगर मनुष्य परौला नि ! नरक ।
•बिके माकजु
भक्तपुर ।
[९२]

लैङ्गिक हिंसा अन्त्य गर्न जागौँ है सबै अब
घरेलु हिंसा अन्य विभेद अन्त गरौँ सब ।

महिला पुरुष तेस्रो लिङ्गी सबै हुन् समान
कानुन तह हुँदै हुन्न कसैको अपमान।
•शान्ति चन्द पाल
[९३]
नारीप्रतिकाे स्थुल दृष्टि नै हाे समूल हानिकारक,
समानता र अविभेद बन्छ समृद्धिकाे सहायक ।
•श्याम विश्वकर्मा
सभापाेखरी-१, संखुवा-सभा ।
[९४]
१.
आदिमकालमा कुनै लैङ्गिक विभेद थिएन
पितृसत्ता हावी भयो नगरिरहन दिएन।
२.
नारी जातिको सम्मान निर्वाध रूपमा गरिनुपर्छ
लैङ्गिक विभेदको यस्तो गह्रुँगो भारी हरिनुपर्छ।
•शारदा दहाल (भण्डारी)
पाँचखपन -९ संखुवासभा ।
[९५]
जुट लैङ्गिक हिंसा अन्त्य गर्न कसिने मान्छेहरू
विभेद छ अझै मुलुकका बिग्रन नदेउ अरू ।
•चूडा निर्भीक
[९६]
लैङ्गिक हिंसा अन्त्य गर्नलाई पुग्छ साेह्र दिनले ,
तामझाम पश्चात् अभियान नै चुकाउँछन् यिनले ।
•रामकृष्ण दुवाडी
पाेखरा
[९७]
१.
ढोग्दै हिड्न बाध्य छिन् उनी लात हान्ने पाउलाई
सजाय दिन सक्दिनन् इज्जत लुट्ने साहुलाई ।
२.
सम्मान गरौँ नारीलाई आफ्नै आमा र छोरी भनी
आजै देखि रोकौँ उनलाई कन्यादान गर्न पनि ।
•पुष्पा सुवेदी
नेपालगञ्ज बाँके
[९८]
पढ्न लेख्न छोरीले नि पाउँनु पर्छ
नसाेचाैँ छाेराले मात्र उन्नति गर्छ ।
•तुल्छा सिंह
धनगढी
[९९]
एक जुट भै गर्छौं हामी खबरदार
नारी हिंसा गर्ने हुनु अब होसियार ।
•तारा घिमिरे
सङ्खुवासभा
[१००]
छोरालाई मात्र अवसर दिने काम बन्द गरौँ
छोराछोरी समान हाे भन्ने चेतना सबमा भराैँ ।
•अर्जुन प्रसाद चौलागाई
रामेछाप:-सुनापति-१
हाल अमेरिका, बोस्टन।
[१०१]
नारी पुरुष बराबर हुन् नगरौँ भेदभाव
अझै पनि समाजमा चेतनाको भयाे अभाव ।
•दुर्गा भट्टराई
माेरङ्ग
[१०२]
महिला हिंसा नगरौँ अब नराखौ कुनै विभेद
जागेर आयो नारी शक्ति दुष्कर्मकाे गरेर खेद।
•इन्दिरा गौतम
इटहरी ।
[१०३]
१.
छाेराछाेरी बराबरी दुवै आँखाका नानी
विभेद हटाई लाग्नुपर्छ याे कुरा जानी ।
२.
जन्म हुनु गल्ति हैन विभेद किन गर्छन्
छाेराछाेरी समान हुन्छन् प्रेम भाव भर्छन्।
•नरराज आचार्य
[१०४]
पुरुषकाे पनि मान राखेर
केही गराैँ नारी आफैँ जागेर ।
•लक्ष्मि खनाल
उलाबरी ।
[१०५]
एकै रथका दुई पाङ्ग्रा हुन् छाेराछाेरी
अवसर दिउँ दुवैलाई बराबरी ।
•राधिका अधिकारी
[१०६]
लैङ्गिक हिंसा हटाएर पर सारौँ
सबैलाई जागरुक सबल पाराैँ ।
•बिष्णु कुमार राई
[१०७]
आफैँबाट सुरू गरौँ, सहिष्णुताको ताज
अनिमात्र अन्त्य हुन्छ, लैंगिक हिंसा आज।
•अजय कुमार झा
[१०८]
सन्तान हाम्रा दुई आँखा
नगरौं कहीँ काख पाखा ।
•दीपक सापकोटा
भरतपुर चितवन ।
[१०९]
१.
प्राकृतिको स्वरूप भित्र कृतिम स्वार्थ जोडेपछि
मानव बने दानव झैँ आत्मिक भाव छोडेपछि ।
२.
सन्तान तिम्रा लागि आमा दुई आँखाका थिए नानी
हेर आज निम्सरोलाई हिंसा रैछ जहाँ जाँदा नी ।
•नर्बदा दाहाल
शिवसतासी ८, झापा
[११०]
महिला पुरुष दुवै बराबरी
कर्तव्यमा जुट्नु पर्छ सराबरी ।
•अन्जु श्रेष्ठ
संखुवासभा
[१११]
आजैदेखि हामी सबले बन्नु पर्छ ज्ञानी
छोरा-छोरी बराबरी दुई आँखाका नानी।
•ख्यामराज खतिवडा
सूर्योदय ७ कन्याम इलाम
[११२]
छोराछोरी बराबरी हुन भन्ने ज्ञान छराैँ
लैङ्गिक हिंसा बन्द गर्ने सबैले प्रण गरौँ।
•बाबुराम गौतम
गुल्मी
[११३]
१.
लैङ्गिक हिंसा व्यवहारमा हटाउने कडी नै बनोस्
पीडकले नि आत्म अनुशासन अत्यावश्यकमा गनोस्।
२.
विश्वासपात्रबाट नै अब विश्वासघात कहिल्यै नहोस्
नारी पुरुष तेस्रो लिङ्गी सबैको इज्जत समान रहाेस्।
•भवानी अधिकारी( खनाल )
तनहुँ दमौली
[११४]
तेस्रो या दाेस्राे लिङ्गी, यही नै प्रकृतिकाे सृजना
यद्यपि तुलाे बेग्लै मगजकाे, कस्ताे विडम्बना ।
•टङ्कबहादुर आलेमगर
त्रियुगा नगरपालिका -११, संगमटाेल, उदयपुर
[११५]
जबसम्म नारीलाई दोस्रो दर्जा भनि हेरिन्छ
पुरुषले मात्र चल्दैन सृष्टि दु:खमा बेरिन्छ।
•साविता रेग्मी
[११६]
लेखिएका छन नारा देखि सारा कोरा कागज भित्र
महिला पुरुष जाे भए नि मन हुनुपर्छ पवित्र ।
•गङ्गा गिरी
[११७]
राजनीतिमा जहिलेसम्म लैङ्गिक विभेद भई रहन्छ
तबसम्म समानताकाे अभियानले नारा मात्र कहन्छ ।
•एस जि दाहाल
[११८]
फरक भन्छौ धर्म अनि फरक हुन्छ जात,
महिला पुरुष भेदभावकाे नराम्राे बात।
•गणेश तामाङ वाइबा
ताल्ती धादिङ
[११९]
१.
छोराछोरी भन्ने गदर्छन् एक समान सारा,
छोरी मात्रै जानुपर्छ पानी लिनलाई धारा ।
२.
अंशबन्डा लिने छ सारा छोराको अधिकार हेर ,
वृद्व आमा आश्रम पुर्‍याउने बेकामे देख्छु धेर ।
•भगवती दवाडी
झापा
[१२०]
धेरै पढी धेरै लेखी असल नारी हुने।
मन भित्रको भावना छ चन्द्रमालै छुने।
•सुसान्त सुनिता लिम्बू
तप्लेजुङ
[१२१]
मनाओैँ अन्तराष्ट्रिय लैङ्गिक हिंसा विरुद्ध दिवस
कसैलाई नपराेस् हिंसा पीडित भई बाँच्न विवश ।
• नवीन जाेशी
कैलाली
[१२२]
१.
लैङि्गक हिंसा बन्द गराैं हामी सबै मिली
एक अर्काकाे सम्मान गरे हिंसा जान्छ निली ।
२.
महिला हिंसा अलि बढी पुरुष हिंसा पनि
समाजबाट अन्त्य गर्दै जानुपर्ने छनि ।
•प्रेमकला सिटाैला
झापा
[१२३]
१.
सानु र ठूलो हुन्न हिंसा उस्तै हुन्छ
विभेदकारी नियमले मन रुन्छ ।
२.
छोरा सरह छोरीलाई नि देउ शिक्षा ज्ञान
संसारमा छोरीले पनि पाएका छन मान ।
•रुपा गाैतम
बारा
[१२४]
लैंगिक आधारमा भेदभाव गर्नुहुन्न
हर कोहीले पनि अन्यायमा पर्नुहुन्न।
•एस आर मंजरी ओली
[१२५]
निर्भर छ जीवन आवश्यकता एकअर्कामै बुझेर
कमाऊ समानतामै खुसी धर्म सबैको मर्म पुजेर।
•अरुणा श्रेष्ठ ‘अनु’
भद्रपुर ३ झापा
[१२६]
१.
महिला पुरुष तेस्राे लिङ्गी समान अधिकार
विभेद नहाेस् कहीँ कतै बनाउँ उच्च विचार ।
२.
लैङ्गिक हिंसा अन्त्य गर्न लागि पराैँ सबै आउ
टाेल छिमेकमा समानताकाे आवाज गुञ्जाउ ।
•ताराप्रसाद चापागाईँ
धुनिबेसी ।