नेपाली साहित्यमा कविता र अनुवादबाट प्रवेश गर्दै आइरहेकी नव प्रतिभा पारु तिमिल्सिना हिजो नेपाल अन्तर्राष्ट्रिय उत्कृष्टता पुरस्कार–२०२२ बाट पुरस्कृत गरिएको छ ।
नेपाल–बङ्गलादेश मैत्री संघले काठमाडौंको भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा आयोजना गरेको नेपाल–बङ्गलादेश व्यापार, पर्यटन र सांस्कृतिक गोष्ठीमा प्रस्तुतकर्ताको जिम्मेवारी सम्हालेकी तिमिल्सिना उत्कृष्टता प्रस्तुतकर्ताबाट पुरस्कृत भएकी हुन् ।
डा.भोला रिजालको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा नेपाल–बङ्गलादेश मैत्री संघका अध्यक्ष दिनदयाल रिजाल, मानवोजीवन मासिकका सह-सम्पादक इमदादुल हक तय्यब र फलेवास नगरपालिकाका मेयर गंगाधर तिवारीले सो पुरस्कार तिमिल्सिनालाई प्रदान गरेका हुन् ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला