दाङ / शताब्दी वाङमय पुरुष सत्यमाेहन जाेशीकाे ४५ औँ दिनकाे पुण्यतिथिमा नेपाल संस्कृत विश्वविद्यालय राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्र बेलझुण्डी तथा महेन्द्र बहुमुखी क्याम्पस संस्कृति विभाग दाङ घोराहीले संयुक्त रूपमा मङ्सिर १४ गते बेलझुण्डीमा श्रद्धाञ्जली सभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्यो ।
नेपाल संस्कृत विश्वविद्यालय राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्रका निर्देशक डा. जर्मन चाैधरीकाे अध्यक्षता तथा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा.यादवप्रसाद लामिछानेकाे प्रमुख आतिथ्य एवं नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा. श्रीधर मजगैयाँकाे विशिष्ट आतिथ्यमा सञ्चालित कार्यक्रममा शताब्दी वाङमय पुरुष सत्यमाेहन जाेशीकाे कृतित्व तथा व्यक्तित्वकाे बारेमा प्रमुख वक्ताद्वय प्रा.डा. शिवकुमार सुवेदी र संस्कृतिविद् डा. गाेविन्द आचार्यले चर्चा गर्नुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. यादवप्रसाद लामिछाने, विशिष्ट अतिथि प्रा. श्रीधर मजगैयाँ, सर्वोदय पुस्तकालय तथा वाचनालय दाङका अध्यक्ष सुशील गाैतम, नागरिक समाज दाङका पूर्वसंयोजक टीकाराम रेग्मी, राप्ती साहित्य परिषद्का केन्द्रीय सल्लाहकार पुरुषाेत्तम खनाल लगायतले बाेल्नुभएको थियो भने यसअघि शताब्दी वाङमय पुरुष सत्यमाेहन जाेशीकाे सम्झनामा एक मिनेट माैनधारणका साथै तस्वीरमा माल्यार्पण गरिएको थियो।
कार्यक्रमका सह आयाेजक महेन्द्र बहुमुखी क्याम्पस संस्कृति विभागका विभागीय प्रमुख एवं उपप्राध्यापक सुन्दर गाैतमकाे स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा राष्ट्रिय सांस्कृतिक विकास परिषद्का अध्यक्ष चुर्णबहादुर चाैधरीले धन्यवाद दिनुभएको थियो भने कार्यक्रमको सहजीकरण राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष टीकाराम उदासीले गर्नुभएको थियो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

३५ साहित्यिक संस्थाद्वारा वाङ्मय शताब्दी पुरुषको निधनमा शोक वक्त
