साहित्यकार कृष्ण जोशीको निधन भएको छ । दाँतमा समस्या आएर मोडल हस्पिटल लगिएका ८३ वर्षीय जोशीको मङ्सिर १२ गते, मध्यरातमा देहान्त भएको हो ।
अचनाक दाँतमा समस्या देखिएपछि मङ्सिर १२ गते राती १० बजे उपचारका निम्ति अस्पताल पुर्याएका जोशीको उपचारका क्रममा मुटुमा समेत समस्या देखिएको थियो । सोही मध्यरातमा जोशीको देहान्त भएको पारिवारिक स्रोतले बताएको छ ।
उनको पार्थिव शरीरलाई मङ्सिर १३ गते, ९:३० बजे पशुपति आर्यघाट पुर्याइने र अन्तिम दर्शनका लागि १ घण्टा त्यहाँ राखी दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
वासु शशी स्मृति परिषद्का पूर्वअध्यक्ष जोशी सरकारी सेवाबाट अवकास प्राप्त राष्ट्रसेवक थिए । उनका ‘मृत्यु दोहोरिन्छ म बाँचे भनें’, ‘सम्मत असम्मत’ उपन्यासका साथै कविता तथा गीत सङ्ग्रहहरू प्रकाशित छन्।
दिवंगत कृष्ण जोशीका श्रीमतीसहित चार छोरा छन् ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला