अमेरिकामा सेल्फहेल्प विधामा चर्चित भएको It all begins with you पुस्तक नेपालमा पनि विमोचन भएको छ । एक वर्षअघि नेम खड्गे द्वारा लिखित उक्त पुस्तक अमेरिकामा प्रकाशन भएको सेल्प हेल्प विधामा सर्वाधिक बिक्री हुने पुस्तकको पाँचौँ सूचीमा पुगेको थियो ।

नेपाली साहित्यको एक मात्र साहित्यिक दैनिक साहित्यपोस्टले उक्त पुस्तक बजारमा ल्याएको हो । पुस्तकको विमोचन लेखक नेम खड्गेकी आमा कान्छी खड्केसहित साहित्य पोस्टका प्रदान सम्पादक अश्विनी कोइराला, पूर्व उपमेय श्रीमति हरिप्रभा खड्गे, कालु शाही, तिलक बहादुर कुँवर, बिष्णु पौडेल, कृष्णा देव बगतबाट भएको थियो ।

विमोच कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी पूर्व उपमेयर श्रीमती हरिप्रभा खड्गेले पुस्तक नेपालीमा पनि प्रकाशन हुनु पर्ने बताउँदै यस्ता पुस्तकले देश विकास गर्नको निम्ति सकारात्मक भावना विकास गर्न सहयोग गर्ने बताउनु भयो ।

लेखकका गुरु तिलक बहादुर कुँवरले लेखक नेम खड्गेसँगका पुराना कुराहरु स्मरण गर्दै भन्नुभयो, “आज लेखकका कारण अमेरिकामा समेत सकारात्मक प्रभाव पारेको थाहा पाउँदा मलाई खुसी लागेको छ ।

पुस्तकका बारेमा कुँवरको धारणा थियो, सरल भाषामा लेखिएको यस पुस्तकबाट सङ्गतअनुसारको फल भनेजस्तै असल मार्गमा हिँड्ने मान्छे कहिल्यै गलत ठाउँमा पुग्दैन । असल काम गर्दा ढिलो भएको हुँदैन । हामी जहाँ छौ, त्यहीँबाट सुरु गर्न सकिन्छ । जीवनका चुनौतिबाट नभाग भन्ने महत्वपूर्ण सन्देश लिन सकिन्छ भनेर बताउनु भयो ।

साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा लेखक नेम खड्गेका परिवारसहित विशिष्ट व्यक्तित्वहरुको उपस्थिति थियो ।