इटहरी / कवि, गजलकार, गीतकार तथा नाटककार गणेश खड्काले विदेशका नेपालीले पैसाको रेमिटेन्स मात्र नपठाएर सिर्जनात्मक रेमिटेन्स पनि पठाएको बताए।
इटहरी २ स्थित संगीत साधना प्रतिष्ठानको सभागृहमा शनिबार आयोजित कार्यक्रममा बोल्दै हाल सेसेल्समा इलम गर्दै आउनुभएका खड्काले भने, “विदेशका नेपालीको साहित्यलाई लाहुरे साहित्य, मुगलानी साहित्य आदि भनिन्छ। तर, विदेशका नेपालीले पैसाको रेमिटेन्स मात्रै नभएर क्रिएटिभ रेमिटेन्स पनि पठाउँदै आएका छन् ।”
गृहनगर इटहरीमा भएको खड्काको गीत, गजल र कविता कार्यक्रममा बोल्दै उहाँले विदेशिएका नेपालीको साहित्यलाई दु:खको साहित्य मात्रै भन्न नहुने जनाउनुभयो । कार्यक्रममा बोल्दै समीक्षक डाक्टर रामजी तिमल्सिनाले खड्काको २०७१ को कविता संग्रहभन्दा अहिले धेरै परिस्कृत कविताहरू आएको बताउनुभयो।
कार्यक्रमका प्रमुख अतिथि कवि मनु मन्जिलले गणेश खड्काले कविताको मार्गमा सुन्दर यात्रा गरेको बताउनुभयो। आफूले चिनेकै कविको रूपमा भन्दै कवि मनु मन्जिलले खड्कामा धेरै विधामा खेल्ने कला भएको बताउनुभयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।