साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book

सचेत बन्न आग्रह गर्दै टुक्का लेखन

Chovar Blues Mobile Size

टुक्का साहित्य समाजकाे आयाेजनामा २०७९ कार्तिक २९ गते लघुत्तम काव्यिक उपविधा टुक्का कविताकाे अनन्त टुक्का यात्रा-९ ” सचेत बनाैँ ” भन्ने आव्हान गर्दै टुक्का कविताहरू सिर्जना गर्दै सम्पन्न भएकाे छ ।

प्रयाेगवादी लघुत्तम काव्यिक उपविधा टुक्का कविताका परिकल्पनाकार तथा टुक्का अभियन्ता ताराप्रसाद चापागाईँ र वरिष्ठ टुक्काकार/ टुक्का अभियन्ता राजेशराज गड्ताैलाले प्रशिक्षण गर्नु भएकाे उक्त कार्यक्रममा ८१ जना टुक्का यात्रीहरूले भाग लिएका थिए ।

अनन्त टुक्का यात्राकाे परिकल्पनाकार समेत रहेका मुख्य प्रशिक्षक तथा कार्यक्रमकाे संयाेजक चापागाईंले संसारभरि नै व्यक्ति र समाजलाई अनुशासनमा राख्न विभिन्न धार्मिक कानुन तथा प्रशासनिक कानुनहरू बनेका छन् तर संसारका केही स्थानमा बाहेक कानुनकाे कार्यान्वयन पक्ष फितलाे हुँदै आएकाे देखिन्छ । पैसा, पावर, बल, नातावाद, कृपावादमा फसेकाे कारण कानुन कार्यान्वयन गर्ने निकायहरुले स्वतन्त्र र निष्पक्ष न्याय सम्पादन गर्न सकिरहेका छैनन् । हामी मानव सचेत प्राणि भएकाेले हामीले समाजमा स्वतन्त्र भएर बाँच्न पाउने तथा निष्पक्ष न्यायकाे अधिकारकाे लागि आफ्नाे हक, अधिकारकाे बारेमा सधैँ सचेत रहनुकाे साथै अरुलाई पनि सचेत गराउनु पर्छ भन्ने कुरामा जाेड दिँदै समाजमा दबाइएका, अन्यायमा पारिएका समुदायकाे पीडा, सामाजिक विकृति र विसङ्गतिहरूलाई टुक्का कविताकाे माध्यमले उजागर गर्दै सम्बन्धित निकायकाे ध्यान आकृष्ट गर्ने उद्देश्यले टुक्का कविताकाे फरक शैलीकाे कार्यक्रम “अनन्त टुक्का यात्रा” सञ्चालन भएकाे कुरा जानकारी गराउनु भएकाे थियाे ।

त्यसै गरि अनन्त टुक्का यात्राका सह-संयाेजक तथा प्रशिक्षक राजेशराज गड्ताैलाले हामीले के गर्नु हुन्छ ? के के गर्नु हुन्न ? भन्ने कुरा बुझेर अरुलाई बुझाउने र कहीँ कतै काेही अन्यायमा परेका छन् भने सम्बन्धित स्थानमा गई न्यायकाे लागि आवाज उठाउनु पर्ने कुरामा जाेड दिँदै नेपाली साहित्यमा प्रयाेगवादी नविनतम काव्यिक उपविधा टुक्का कविताकाे माध्यमबाट सामाजमा भइरहेका विकृती विसङ्गति र अन्याय अत्याचारलाई उठान गरेर समाजलाई सुसूचित तथा जागरूक गराउने उदेश्यले सञ्चालन भएकाे अनन्त टु्क्का यात्रा कार्यक्रममा सबैकाे साथ र सहयाेगकाे अपेक्षा रहेकाे व्यहाेरा जानकारी गराउनु भएकाे थियाे ।

कार्यक्रमकाे समापन गर्दै टुक्का अभियन्ता/ प्रशिक्षकद्वय चापागाईं तथा गड्ताैलाले अनन्त टुक्का यात्रा भाग ९ मा विश्वभरिबाट सहभागी भई “सचेत बनाैँ” भन्ने आव्हानका साथ चाेटिला टुक्काहरू सिर्जना गर्ने सम्पूर्ण टुक्का यात्रीहरू प्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।

टुक्का यात्रीहरूले “सचेत बनाैँ” भन्ने आव्हानका साथ सिर्जना गर्नु भएका केही टुक्का कविताहरू

[१]
हाम्रो चुनाव गएछ करोडपतिका हातमा
आफ्नो भविष्य न बेच्नु होला है अँध्यारो रातमा ।
~ डा.देवी पन्थी
[२]
सचेत बनाैँ गाऊँ, शहर तराई पहाड आज
अन्याय सहेर नबसाैँ काेही जनताकाे छ राज ।
~ ताराप्रसाद चापागाईँ
धुनिबेसी ।
[३]
हेपिनुको पराकाष्ठा, कति हो अझै हेपिने
मौका आयो, पालो अब धुर्तहरूको चेपिने ।
~ राजेशराज गड्तौला
रतुवामाई- १०, मोरङ
हाल- प्रवास
[४]
सहनुहुन्न अन्याय, आवाज बुलन्द पारौँ,
हिम्मतका साथ अघि बढौँ, कहिल्यै नहारौँ ।
~ वसन्त अनुभव
घोराही, दाङ
[५]
जसकाे शक्ति उस्कै भक्ति हुनुहुन्न भनाैँ,
आफ्नो हकहित बारे हामी सचेत बनाैँ ।
~ केशवप्रसाद ढकाल ‘प्रीतबीज’
सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
[६]
सचेत बने धेरै विपदबाट सकिन्छ बाँच्न
चुनाव एउटा अवसर नेताको ढाड भाँच्न।
~ दीपक ठटाल जलन
खरसाङ
[७]
धेरै सुत्यौँ कुम्भ कर्ण जस्तै अब सबै जागौँ,
खोसिएका ती अधिकार सचेत बनी मागौँ।
~ अरुण कु.भुजेल
गोरूबथान,कालेबुङ्ग,भारत।
[८]
प्रयोग गर्छन् मान्छेले मान्छे जोख्न विभेदको तुलो,
मान्छे सबै बराबर जातले हुँदैन सानो ठुलो ।
~ बिके माकजु
भक्तपुर ।
[९]
अन्याय हुन्छ भनि सचेत बनेको राम्रो,
सहने बानी किन सधैँ परेको छ हाम्रो ?
~ दुर्गा आचार्य
मोरङ
[१०]
जताततै कालो बादल अनि अशान्तिले छायो
यस्तो बेला हामी सबै सचेत हुने बेला आयो ।
~ डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा.-६, दोलखा ।
[११]
यात्रामा अनेकौं ती बाधाहरू आउने गर्छ,
पाईलाहरू बढाउँदा सचेत हुनैपर्छ ।
~ रचना मोक्तान “यात्री”
नमोबुद्ध न.पा. -५, काभ्रे
[१२]
ठगी गर्छन् ठगाहारहरू मिठो चिप्लो बोली बोलेर,
सचेत बन्न जरुरी छ लाै बुद्धिको ढकनी खोलेर ।
~ राजेन्द्र प्रधान ‘पासा’
दार्जीलिङ, भारत ।
[१३]
घमण्ड, रिस, राग नगरीकन कदम चाल्नुपर्छ
हाम्रो देश बिगार्नेलाई पछार्नु अनि खसाल्नुपर्छ ।
~ रिता खराल
रुपन्देही
[१४]
सचेत बन्नुछ हामी सबै जनता आज,
नहाेस् कहीँ कतै पनि अन्यायकाे त्यो राज।
~ सहयात्री शोभा अर्याल
रुपन्देही १४ बुटवल
[१५]
धेरै झुट बोले नेपालीलाई हाम्रै नेताजीले
हराउन सकिन्छ हो हामी सबै जनता मिले ।
~ चुडामणि देबकोटा
चनपा १३ काठमाडौ
[१६]
सोझालाई भएको छ सधैँ अन्याय अत्याचारको हाईहाई
भ्रष्टलाई सधैँको लागि मिलेर हराई गरौँ है बाईबाई ।
~ अम्विका अधिकारी
झापा विर्तामोड
[१७]
भाषणमा ताली पिटेर उनैलाई चुनी
अवश्य साेस्नेछ जनतालाई एक जुनी ।
~ साँग्रीस मानन्धर मोती
तिलोत्तमा ११ महुवारि, रुपन्देही
[१८]
उठाैँ जागाैँ सचेत बनाैँ अवसर जाे छ आएकाे,
पहिचान गराैँ काे कसले छ भ्रम गीत गाएको ?
~ मित्र `उराठी´गाैतम
अमरपुर- गुल्मी हाल तिलाेत्तमा-२ रुपन्देही
[१९]
चुपचाप बस्नु हाम्रो बाध्यता कि विवशता
मनका कुरा खाेल्नलाई जाउँ त अब कता ।
~ राधिका अधिकारी
वालिङ ,स्याङ्जा
[२०]
गलतको विरोध गरौँ गलत हो भन्ने बानी बसालौँ
सोचेर सन्ततिको भविष्य भोलिको बल्ल भोट खसालौँ ।
~ रतन बिष्ट
आलिताल डडेल्धुरा
[२१]
परिवर्तन गर्नु पर्छ अब हामी सचेत बनौँ,
मतदान गरौँ राम्रालाई, हाम्रालाई हुन्न भनौँ ।
~ नवशिला
बेलबारी-२,लालभित्ती,मोरङ।
[२२]
घ्याम्पे भुँडी बनाएका छन् खुन पसिना सोसेर
मागी पाइन्न अधिकार ल्याउनु पर्छ खोसेर ।
~ बाबुराम गौतम
गुल्मी
[२३]
निर्धो सधैँ निर्धो नै छ उस्को दिन कहिले आउला?
आफ्नो हक खोज्ने चेत पीडितले जहिले पाउला ।
~ जनार्दन भट्टराई
त्रियुगा – ८, उदयपुर।
[२४]
सचेत बनौँ, पछुताएर पछि धिक्कार्नु पर्ला,
उचित मताधिकारको निर्णयले केही गर्ला ।
~ होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
[२५]
जनताले मत जाहेर गर्ने भयो बेला
जनताको मतले नयाँ अनुहार देला।
~ तेजप्रसाद खनाल
लमही दाङ।
[२६]
स्वाभिमानी विद्या बुद्धि तर्क देश उठाउने
चिनाै चुनाै नेता राम्रा हाम्राे देश बनाउने ।
~ धन कुमारी चापागाईं रेग्मी
चितवन भरतपुर – ५
[२७]
अपनाऔं सचेतता जब आउँछ बेला,
ख्याल ठट्टा बुझिरहे झन पाे दु:ख देला।
~ त्रिलाेचन भण्डारी
मेचीनगर,झापा
[२८]
बुढापाका भन्ने गर्छन् अति भए हुन्छ खती,
देशको गति हेरि जागिसके जनता कति।
~ शाेभा आचार्य गाैतम
काठमाडौ
[२९]
संघीयताले गर्दा देश कंगाल भयो विरोधको बत्ती बालौँ
जनघाती तन्त्रलाई नास्नको लागि योजना बनाउन थालौँ।
~ शिव कुमार रेग्मी
पोखराथोक, पाल्पा
[३०]
न्याय माग्न कानुनको ढोकासम्म जनता कति धाउने,
भन्देऊ सरकार दीन दु:खीले न्याय कहिले पाउने।
~ भुपेन्द्र राना मगर
धादिङ
[३१]
खराब नियतका मान्छेहरू खरानी भै जलोस्
असल गुणका भमराले देशको गाडी चलोस् ।
~ रिजाल विनोद
मोरङ
[३२]
साम, दाम, दण्ड, भेद सबै प्रयोग गर्छन्
हाेसियार ! ती स्वार्थी नेता जति पनि झर्छन् ।
~ दुर्गा वनवासी
झापा
[३३]
अन्ध समर्थन चाहे त्यो कुनै वादमा होस् त्यसलाई रेटदिउँ
समसामयिक, वैज्ञानिक सेाच संस्कारलाई मात्र भेटदिउँ ।
~ पवन कुमार बुढाथेाकी
काठमाडौं
[३४]
सचेत बनाैँ सँघारमा आएका ती दिनमा
पट्याउलान् तिमीलाई तिनले एकै छिनमा ।
~ शर्मिला खतिवडा
विर्तामोड ,झापा ।
[३५]
मैले माया गर्नु पनि धिक्कार रहेछ तिमीलाई
जस्तै राम्रो गरेता पनि खुसी भएनन् मेरा साई।
~ युवराज बास्कोटा
विश्वनाथ, असम (भारत)
[३६]
सचेत छौँ भन्छन् यहाँ पचाएर लाज,
भेटिएन वरिपरि त्यस्ता खाले आज ।
~ प्रदीप के रिमाल
इटहरी
[३७]
मरेको छ न्याय यहाँ, बिउँताउन जागौँ अब
हुकुमी शासकहरू, लखेट्नलाई लागौँ सब।
~ ईशहाक हुसैन
जीतपुर सिमरा १४ बारा
[३८]
पुरानो अनुहार फेरिनु पर्छ
नयाँले सायद वारपार गर्छ ।
~ जि कुमार गौतम
भद्रपुर-१ झापा
[३९]
भोटको लागि आश्वासन दिदैछन् रे?, बिनाढेवा फ्रि भिसा टिकट
सचेत रहौँ बरु देखाउनुस् , गाउँघरतिर कति छन् विकट।
~ कबिताहरी
सुन्दर हरैंचा नगरपालिका १ मोरङ
[४०]
न्याय धर्म कानुनको दृष्टि अन्धो हुदा,
संघर्षमै उत्र सबै केही हुन्न रुदा ।
~ बिबस पारदर्शी
भद्रपुर झापा
[४१]
घाम डुबे अब भनी, हरेस नखाऊ
भरी गाग्रो छचल्किन्न, हेर नडराऊ ।
~ कमला भट्टराई
खोटाङ
[४२]
तराई पहाड हिमाली सबै सचेत बनौँ ताज,
होसियारीका साथ भोट दिउँ जनताकै हो राज।
~ बेदु न्यौपाने
काठमाडौ
[४३]
बाजि मार्नु पर्छ आज,सबै आस्रा प्रयोग गरी,
मान्छेलाई सधैँ हेप्ने, देखाउनु मत त्यसरी ।
~ एवाइ प्रभात
धनकुटा, हाल मोरङ
[४४]
हुन्न बस्नु अन्याय, अत्याचार सहेर ,
निर्मुल गर्नुपर्छ मिलीजुली लडेर ।
~ बुद्धिमान दनुवार
सुरुङ्गा ४ झापा
[४५]
घमण्डलाई त्यागी बन्नु सधैँ असल मनको खानि
प्रयास जारी राख्नु अवस्य बन्नेछौ महलको रानी।
~ अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा -६ संखुवासभा हाल मलेसिया
[४६]
यो पटकको उम्मेदवार, विकास वाला हुनुपर्छ,
फेरि पनि गल्ति गरेमा,अझै पाँच वर्ष रुनुपर्छ।
~ मनोज खत्री अछामी
अछाम
[४७]
बालिकालाई जोगाउन गार्‍हो हुने किन,
कस्तो समय आएछ नि तारो बन्ने दिन ।
~ जमुना आचार्य
सिन्धुपाल्चोक
[४८]
देश बिग्रियो नेताको मतिले
सचेत बनौँ नेपाली जतिले ।
~ मन्जु जोशी
डिलासैनी बैतडी
[४९]
धनै लुट्ने भयाे धर्म कर्म गर्नु कता कता
धर्म नै यिनकाे ठग्ने घुम्दै छन् ती यताउता ।
~ बरापाै
पाेखराबाट
[५०]
छद्मभेषी आउँदैछन् हामी छेउ बस्दै
झिलिमिली पार्छु भन्लान् तेल घिउ घस्दै ।
~ निरज कोइराला
बेलका १ उदयपुर, हालः इटहरी
[५१]
राजनीति यो फोहोरी खेल हेर्दै गनाउँछ
सोझालाई दुई ढुङ्गाको तरुल बनाउँछ।
~ मन्दिरा सेढाई
मलेखु,धादिङ
[५२]
कर्तव्यलाई छाड्नु हुन्न अधिकार लिँदा
डुँडुलाे नै किन निल्ने ओैँलाे पकड दिँदा।
~ सुस्मिता नेपाल
[५३]
झुटो टिक्दैन अब चाहिँ साँच्चै पालो आयो,
देशभरि युवाको विजय उत्सव छायो ।
~ भगवती दवाडी
झापा
[५४]
मानवीय गुणले बनेको सचेतना भेटाइ,
कानुन विपरित कार्यान्वयन दिँउ मेटाइ ।
~ अच्युत घिमिरे
भुटानबाट
[५५]
झुट बोलेर नेताहरुले लिस्नु बनाए,
सिखरमा पुगेपछि गरिमा नै भत्काए।
~ सुरेशकुमार पान्डे
दाङ
[५६]
कहाँबाट कहाँसम्म पुग्ने सबै याे समयको खेल
बर्षातमा उर्लिई बग्ने खहरे झैँ जीवनकाे भेल ।
~ नन्दा महतरा
[५७]
जागरुक बनाऊ जनता जोसिला युवाहरू जाग
राष्ट्र प्रेम जगाएर पराधीनता हटाउन लाग ।
~ भवानी चुडाल
धरान १८,सुनसरी , नेपाल
[५८]
हाम्रोलाई होइन अब राम्रो नेता छानौँ
खराबले देश खान्छन् भन्ने कुरा नि जानौँ।
~ सरिता सेढाई
धादिङ
[५९]
सत्यले साथ छोड्न थाल्याे झुट त्याे टिक्दै गयो
अन्धकारले निभेको बत्ति बाल्नु पर्ने भयो ।
~ गङ्गा गिरी
कोहलपुर -२ बाके
[६०]
इच्छा भएर नै उपाय आयाे
नेताले कालाे रुपैया कमायाे ।
~ चक्र सुब्बा
पश्चिम बंगाल, कालिम्पोङ
[६१]
के चहिँ पाउनु देश नै अब खोक्रो बनाए
गुदी सबै निकालेर नेताले जात जनाए ।
~ सन्जना शर्मा
दाङ
[६२]
झरेको आँसुको थोपा बटुलिन्न कदा हेर !
कहेको बात कहिल्यै फर्किन्न बाेल्नु सम्झेर ।
~ नानि भारद्वज
विराटनगर,मोरङ्ग।
[६३]
उठौँ युवा समृद्धिको ज्वाला बाेकि उज्यालाे छराैँ
बुढाहरू वृद्धभत्ता खाउन् , युवाले केही गराैँ।
~ कविता ढकाल
[६४]
बेइमानहरुको बजारमा मौन बस्न उचित ठानेँ
इमानदारी लिलाम हुँदा चुप भई आफ्नै गल्ती मानेँ ।
~ शिखा खतिवडा
[६५]
पार्टी न हेर राम्रो योग्य व्यक्ति हेरेर देउ भोट
कसैको झुटाे आस्वासनमा फसी नसमाउ नोट।
~ लिलाराम दास
[६६]
के चाहिँ बोल्ने के गर्ने खै थाहा भएन
मनको मैले धुन खाेज्दा केही गएन ।
~ अर्जुन चाैलागाईँ
[६७]
वर्षको बाह्रै महिना, खाली भए पाना,
समय बित्यो दुखैमा छैन राम्राे नाना।
~ मुक्ति नाथ काफ्ले
असम, भारत
[६८]
नेता कार्यकर्ताका कुरा सबैका सुन्नु
के कस्ता हुन मान्छे हो त्यो मनले गुन्नु।
~ दुर्गा भट्टराई
मोरङ
[६९]
सचेतता भयो भने चुनाव शक्त रोज्दछ
रुँदैछ देश बुझ्नुहोस् विकास आज खोज्दछ ।
~ चूडा निर्भिक
[७०]
सचेत बनौँ सबैले राम्रा नेता रोजेर
सेवा गर्नुछ हामीले वयोवृद्ध खोजेर।
~ मल्ल लक्ष्मी श्रेष्ट
मेची किनार , बिर्तामोड झापा
[७१]
मत माग्नलाई आइरहेछन घर दैलो भ्रष्टहरू समेत
नगर्नु अल्छी बुझ्नलाई हाल्नुपर्छ मत सबैले बनी सचेत।
~ रचना शर्मा प्रतीक्षा
इमाडोल, ललितपुर ।
[७२]
घुमि आयाे चुनाव मङ्सिर चार ,
लगाउ मिलेर भ्रष्टलाई पार ।
~ प्रद्युम्न चालिसे
भक्तपुर
[७३]
जता दाना उतै हान गर्ने होइन कत्ति,
राम्रो मान्छे छानेर बालौँ चेतनाको बत्ती।
~ खग्रास
[७४]
मंसिर चार गतेको चुनाव यो होस् मर्यादित
सचेत बनौँ सबै विकासमा गर्न आकर्षित ।
~ तारा घिमिरे
सङ्खुवासभा
[७५]
सचेत बनौँ आफू स्वयं, प्रयोग गरी बुद्धि विवेक
छान्नुपर्छ इमान्दार नेता, देशलाई चाहिने एक !
~ गोपालकृष्ण डंगोल
काठमाण्डौँ ।
[७६]
हेराैँ सुनाैँ मतदाता हामी नसाेची र नबुझी दिन्छौं भाेट,
देश नै नरहने स्थिति आएमा भाेली आफैँले खान्छाै चाेट ।
~ रामप्रसाद पुरी
बादेल,खाेटाङ ।
[७७]
धैर्य गरि हेरिरह्याै तिम्रा चर्तिकला ,
आजसम्म सहिरह्याै गनि घडी पला ।
~ रामकृष्ण दुवाडी
पाेखरा ।
[७८]
प्रकृतिको सुन्दरतामा हराउन लाग्दैछ मन
हरियो वन नेपालीको शान यही हाे ठुलाे धन ।
~ सुमित्रा पोखरेल
काठमाडौं
[७९]
ब्वाँसाहरुले गर्नु गरे खै कसरी देश बचाउनु,
आउने पिँढीकाे लागि सबै मिलेर केही रचाउनु।
~ कमला पाण्डे पराजुली
झापा
[८०]
सबै नेपालीहरू अब बन्नुपर्छ सचेत
मतदान गर्ने बेलामा नबनौ है अचेत।
~ सरस्वती न्याैपाने
[८१]
सचेत बनेर हामीले प्रतिनिधि छान्नु पर्छ
सही मान्छै राेज्नु जाे देश जनताकाे लागि गर्छ ।
~ साधना पाैडेल
ओखलढुुंगा

प्रतिक्रिया
Loading...