ललितपुर / वरिष्ठ कथाकार मनदेवी ताम्राकार र वरिष्ठ निबन्धकार मोलिलक्ष्मी शाक्यका कृति सार्वजनिक गरिएका छन् ।
ललितपुरस्थित ताम्राकार सदनमा आयोजित एक कार्यक्रममा वरिष्ठ कथाकार हितकरवीर सिंह कंसाकारले कथाकार मनदेवीको कथासंग्रह छेँदुने (घरभित्र) र निबन्धकार मोतिलक्ष्मीको साँस्कृतिक लेखसंग्रह झीगु नेवा: संस्कार र संस्कृतिया धुकूपिकु (नेवार संस्कृति र संस्कारको भण्डार) विमोचन गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि कंसाकारले यी दुइटै कृतिले नेवार समाजको सामाजिक र सांस्कृतिक पक्षलाई राम्रैसँग उजागर गर्ने बताउनुभयो ।
कथालेखिका ताम्राकारले समाजभित्र नारीमाथि भइरहेको विभेद र आधुनिक जीवनबोधका विभिन्न पक्षलाई आफूले कथामा उतारेको बताउनुभयो ।
अर्का निबन्धलेखिका शाक्यले संस्कार र संस्कृतिले जातीय पहिचान र गौरवलाई स्थापित गर्ने भएकोले सांस्कृतिक लेखरचनातर्फ आकर्षित भएको बताउनुभयो ।
कार्यक्रममा साहित्यकारहरु भूषणप्रसद श्रेष्ठ, प्रतिसरा साय्मी, पुष्पराज राजकर्णिकार, पूर्ण ताम्राकारले पनि कृतिबारे बोल्नुभएको थियो ।
चारदशकदेखि लेखनमा सक्रिय दुवै स्रष्टाका उक्त कृति चौथो हो । शाक्यको निबन्धकृतिलाई कुत: पिकाक र ताम्राकारको कथाकृतिलाई गीतकार लक्ष्मणकृष्ण ताम्राकारले प्रकाशित गरेका हुन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।