
काठमाडौं, कात्तिक २७ गते / जन्ममितिका आधारमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औँ जन्मजयन्ती आज देवकोटा सङ्ग्रहालमा “महाकवि लक्ष्मीप्रसाद देवकोटा एक विशेष विचारगोष्ठी” सम्पन्न भयो ।
नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजना र सखी प्रतिष्ठानको सहकार्यमा आयोजित सो कार्यक्रम प्रतिष्ठानका निमित्त कुलपति डा. जगमान गुरुङको अध्यक्षता तथा निवर्तमान कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति गङ्गाप्रसाद उप्रेती, निमित्त कुलपति डा. जगमान गुरुङ, सखी प्रतिष्ठानका सल्लाहकार राधेश्याम लेकाली, अध्यक्ष मन्जिला अनिल, प्रतिष्ठानका निमित्त सदस्य सचिव हेमनाथ पौडेललगायतले आआफ्नो मन्तव्य राख्नु भएको थियो ।
सोही कार्यक्रममा नविन चालिसेले “महाकवि देवकोटाका कृतिहरुमा प्रतिबिम्बित पौरस्त्य दर्शन” विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । यस्तै सखी प्रतिष्ठानकी उपाध्यक्ष कमला रिसालज्यूले दुईवटा पुरस्कारको घोषणाको साथै देवकोटाका गीतहरु गाउनु भएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२२ कार्तिक २०८२, शनिबार 










