नहिँड कुनै झोला बोकी, नीति सिद्धान्त छोड्नेको
जता जता कमाई छ, उतैतिर विचार मोड्नेको
न जनताको आर्थिक उपार्जन छ, न छ कमाइ
महँगीले पिल्सिदै छन्, दिनहुँ न हाँसो न रमाइ ।
चुहिँदै गयो घरको छानो तर चाँजोपाँजो छैन अझैसम्म बासको
अझै कति झोले बन्दै हिँड्छौ तिमी मनमा, आस्था राखी आसको
जनताको लागि क्रान्ति गरे, पद पैसामा लागे
विचार तथा दर्शन बासी थिए, लुट्न खान जागे ।
आउँदै गरेको मंसिर ४ गते प्रदेश सभा र संघीय प्रतिनिधि सभाको चुनावमा हाम्रो भन्दा राम्रो, इमान्दार, देश र जनताको लागि सोच्ने र बोलेरभन्दा काम गरेर देखाउनु पर्छ भन्ने भाव बोक्ने व्यक्तिलाई छनौट गर्नुहोस् भन्ने सन्देशसहित यशोदा गैरे र बालकृष्ण गजुरेलले जनचेतना फैलाउन झोले नाम दिएर गीत र्सावजनिक गर्नुभएको छ ।
व्यङ्ग्यात्मक शैलीमा “भनौँ भने मालिक तिम्रो विचार छैन, दासको आस्था भरोसा नै छैन” भन्दै आफ्नो दरिलो विचार राखी देश र जनताको हितमा भरोसा दिलाई काम गर्न सम्पूर्ण दलका निर्वाचित व्यक्तिलाई अनुरोध गरिएको छ ।
हाम्रा प्रायःजसो राजनैतिक नेताहरू सिद्धान्त र नीति छोडी पैसाको पछि लाग्ने गरेकाले हामी जनताले सधैँ दुःख पाएको गुनासो पोखी अब स्वतन्त्र रुपमा असल मान्छे छान्ने अधिकार प्रयोग गर्नुपर्छ भन्ने विचार फैलाउन यो गीत निकालिएको हो भन्नुहुन्छ यशोदा गैरे । गैरे विगत लामो समयदेखि कविता, गजल, यात्रा स्मरण र विभिन्न समसमायिक लेख लेखनमा उग्रसर हुनुहन्छ ।
[embedyt] https://www.youtube.com/watch?v=PLfrqLOxjaM[/embedyt]
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।