गीतकार विष्णु आचार्य “अतृप्त” को शब्द रचना, ईश्वर अमात्यको सङ्गीत तथा जोश्ना अमात्यको स्वरमा तयार भएको “अघि बढे भेल बाढी….” बोलको आधुनिक गीत विन्दवासिनी म्युजिकको युट्युब च्यानलबाट सार्वजनिक भएको छ।
यस गीतमा राज्यव्यवस्थाको असक्षमताको कारण “हुरूक्क न जुरूक्क”को मनोदशामा बाँच्न विवश नेपालीहरूको जनजिन्दगीको कथालाई मार्मिक शब्दमा उतारिएको छ। यस गीतको सङ्गीत संयोजन देवेन्द्र नेवाले गरेका छन् भने लिरिकल भिडियो मनोज रत्न शाहीले तयार पारेका छन्। प्रकाश मिश्रको मिक्सिङ रहेको यो गीत अकोस्ट्रीक एच.डी.नेपाल नक्सालमा रेकर्डिङ भएको हो।
यो गीतको ईश्वर अमात्यको सङ्गीत र स्वरमा विन्दवासिनी म्युजिक मार्फत दुई महिना अघिमात्र सार्वजनिक भएको थियो। यस गीतका रचनाकार विष्णु आचार्य “अतृप्त”को “घर फर्कने तिर्खा” कवितासङ्ग्रह केही महिनाअघि बजारमा आएको थियो।
[embedyt] https://www.youtube.com/watch?v=vLIuv3hICh8[/embedyt]
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।