सिक्किमकी कवि विणाश्री खरेल प्रधानको आज बिहान ६६ वर्षको उमेरमा निधन भएको छ । काव्यमा ठूलो नाम बनाउनु भएकी प्रधानलाई हिजो सिलगढीको मतिगढस्थित निओटिया नर्सिङ होममा उपचारका लागि भर्ना गरिएको थियो ।

उहाँका दुई छोरा‑बुहारी, छोरी‑ज्वाइँ तथा नातिनातिना छन् ।

१९५६ मे ४ मा जन्मनु भएकी प्रधानका प्रश्नचिह्न (१९९७), मेरो बकपत्र (२००३), मनको सङ्घार (२००९), शेष अवशेष (२०१८), महक रजनीगन्धको (२०१९) जस्ता कविता सङ्ग्रह प्रकाशित छन् ।

उहाँका केही पल केही क्षण (२०१६) संस्मरण सङ्ग्रह र अनुदित कथा सङ्ग्रह विमुखता (२०१३) प्रकाशित छन् ।

स्रष्टा पुरस्कार र कमला आँशु स्मृति ट्रस्टद्वारा पुरस्कृत हुनु भएकी उहाँलाई नेपाल एकीकृत विकास केन्द्र काठमाडौँ, सिद्धि प्रकाशन गेजिङ र गान्तोक प्रतिभा मिलनद्वारा अभिनन्दित हुनुहुन्थ्यो ।