गोविन्द कडेल आँशु

गीतकार गोविन्द कडेंल ‘आँशु’को नयाँ गीत ‘ए माया गाजलु’ बोलको गीत बजारमा आएको छ ।

कथा, कविता, खण्डकाव्य, गीत लेखनका साथै उपन्यास सम्पादन गर्दै आउनु भएका ‘आँशु’ले नेपाली साहित्य र सङ्गीतमा दुई दशकदेखि कलम चलाउँदै आउनु भएको छ ।

अहिलेका चर्चित सङ्गीतकार दीपक शर्माको सङ्गीत तथा वरिष्ठ गायक रामकृष्ण ढकालको स्वर रहेको उक्त गीतमा नायक आकाश श्रेष्ठ र अनुशा अधिकारीको अभिनय रहेको छ भने निकेश खड्काले भिडियो निर्देशन गर्नुभएको छ ।

सुरज अधिकारी निर्माता रहनु भएको उक्त गीतलाई रामकृष्ण ढकालको अफिसिएल युटुब च्यानलमा राखिएको छ ।