अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको तत्वावधानमा मधेस प्रदेश समितिद्वारा आयोजित ऐतिहासिक नगरी जनकपुधाममा साहित्यिक सांस्कृतिक संगोष्ठी सम्पन्न भयो ।
दुई सत्रमा संचालित संगोष्ठी नेपाल प्रज्ञा प्रतिष्ठाका निमित्त कुलपति डा. जगमान गुरुङको प्रमुख आतिथ्यमा भएको थियो । उक्त गोष्ठीमा भाषाविद्, समालोचक तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा अनेसास बोर्ड अफ ट्रष्टिका सल्लाहकार डा. खगेन्द्र लुइँटेलले नेपाली भाषा,साहित्य,कला र संस्कृति बिश्वव्यापी भएको र भाषाविज्ञानका हिसाबले नेपाली तथा नेपालका अन्य मातृभाषाहरू विशेष महत्त्वको रहेकोछ भन्ने धारणा राखेका थिए । एनआरएन तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजजस्ता संघसंस्थाले नेपाली भागा तथा साहित्यको प्रबर्द्धनमा विशेष भूमिका निर्वाह गर्नु विचार व्यक्त गरे ।
प्राविधिक सत्र अन्तर्गत मैथिली भाषा तथा संस्कृतिका विद्वान् प्रा. डा. राजेन्द्र विमलले मैथिल संस्कृतिमा आधारित जीवन मूल्य विषयक कार्यपत्र प्रस्तुत गरेका थिए बाईस पृष्ठ लामो कार्यपत्रमा मैथिली संस्कृति,जीवन मूल्य , आदर्श,अन्य भाषामा मैथिलीको प्रभाव , लोकसंस्कृति, विद्यापतिको दर्शन आदिबारे चर्चा गरेका थिए ।
अर्का कार्यपत्र प्रस्तोता रोशन जनकपुरीले पूर्वीय दर्शनमा भौतिकबादि चिन्तन विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । प्रमुख अतिथि गुरुङले मिथिला संस्कृति ,जनक दर्शन,मिथिलामा तन्त्र बिधान लगायतका विषयमा खोज अनुसन्धान गर्नु पर्ने र नेपाली भाषाको अतिरिक्त अन्य मातुभाषाको समेत प्रवर्द्धनमा सम्बन्धित निकायहरू लाग्नु पर्ने विचार राखेका थिए । कार्यक्रमको अौचित्यमाथि अनेसास नेपाल च्याप्टर उपाध्यक्ष एवं मधेस प्रदेश संयोजक गीता मैनालीले भाषा,साहित्य,कला र संस्कृतिको जगेर्नामा स्थानीय तहले विशेष ध्यान दिनु पर्ने विचार व्यक्त गरिन् ।
अनेसास केन्द्रीय सदस्य सरिता अर्याल , अनेसास नेपाल च्याप्टर अध्यक्ष सन्ध्या पहाडी ,जनकपु उपमहानगरपालिका प्रमुख मनोज शाह,अनेसास उपाध्यक्ष राजेन्द्र केसी,महासचिव ऋषभदेव घिमिरे लगायतका वक्ताहरूले शुभकामना तथा काव्य वाचन गरेका थिए । बहुभाषिक काव्य वाचन समेत भएको उक्त कार्यक्रममा संस्कृत , मैथिली,भोजपुरी , थारु,मगर तथा नेपाली भाषामा कविता वाचन गरियो । सरोज यादव,कुमार दाहाल , मिना दाहाल , सीता अधिकारी लगायतका कविहरूले आ-आफ्ना रचना वाचन गरेका थिए । कार्यक्रम अनेसास मधेस प्रदेश संयोजक नीला घिमिरेको अध्यक्षतामा भएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।