
अनेसास पोर्चुगलले ११४ औं महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मजयन्तीको अवसर पारेर कृति लोकार्पण कार्यक्रमसहित लक्ष्मी जन्मजयन्ती मनाएको छ ।
चलचित्र लेखक, निर्देशक तथा गजलकार एन.बी. अन्जानद्वारा लिखित गजलसङ्ग्रह “मौसम” को प्रवास लोकार्पण भएको हो ।
सभाध्यक्ष अरुन भेटवाल, प्रमुख अतिथि साहित्यकार रमेश भट्टराई तेङम, विशिष्ट अतिथि एनआरएन पोर्चुगलकी वरिष्ठ उपाध्यक्ष तथा नेपाली नारी समाजकी अध्यक्ष सीता श्रेष्ठ शिवानी, बिशिस्ट अतिथि एनआरएन पोर्चुगल अलेन्तेजो क्षेत्रीय उपाध्यक्ष तथा हेल्प डेक्स इन पोर्चुगलका संचालक बिक्की सुवेदी, गजलकार एन.बी. अन्जान लगायतले संयुक्त रुपमा मौसम सार्वजनिक गरेका हुन् ।
नेपाली वाङ्मय शताब्दी पुरुष सत्य मोहन जोशी प्रति श्रद्धाञ्जली अर्पण गरेर शुरु गरेको कार्यक्रममा स्व. श्रष्टा सर्जकप्रति एक मिनेट मौन धारण व्यक्त गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि रहेका सहित्यकार रमेश भट्टराई तेङ्गम दीप प्रज्ज्वलन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए भने सत्यमोहन जोशीका बारे अनेसासका उपाध्यक्ष सागर शाहले प्रकाश परेका थिए ।
त्यस्तै महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती मनाउँदै गर्दा देवकोटाको व्यक्तित्व र कृतित्वको बारेमा अनेसास पोर्चुगलकी सचिव गोमा रेग्मीले देवकोटाका लोकप्रिय कवितासहित प्रकाश परेकी थिइन् । रचना वाचनसहित सम्पन्न भएको कार्यक्रममा स्वागत अनेसास उपाध्यक्ष उर्मिला कार्कीले गरेकी थिइन् । देउसीभैली समेत खेलेर रमाइलो गरिएको कार्यक्रमको संचालन महासचिव एनबी अन्जान र सचिव गोमा रेग्मीले संयुक्त रुपमा गरेका थिए ।
मौसम कृतिको समीक्षा भने लेखिका मुना चौधरीले गरेकी थिइन् । दर्जनौं पत्रपत्रिका र पुस्तक सम्पादन गरी सकेका अन्जानका ‘मरुभूमि साहित्य यात्रा’ गजल संग्रह, ‘आहुति’ गजल संग्रह, ‘आधा इन्च’ हाइकु एसियाकै सानो कृति, नेपाली भाषाको पहिलो रुबाई महाकाब्य ‘कोपिला’ जस्ता चर्चित पुस्तकहरू यसअघि आइसकेका छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

