
काठमाडौँ, कार्तिक ६ / शुभ दीपावली तथा महाकवि लक्ष्मीप्रसाद देवकाेटा जन्म जयन्तीकाे अवसरमा २०७९ कार्तिक ५ गते आविष्करण नेपालकाे आयाेजनामा शुभकामना आदान प्रदान तथा रचना वाचन कार्यक्रम सम्पन्न भएकाे छ ।
आविष्करण नेपालका अध्यक्ष डा. देवी पन्थीकाे सभापतित्व तथा डा.नारायण गैरेकाे प्रमुख आतिथ्यमा भर्च्युअल माध्यमबाट सञ्चालित उक्त कार्यक्रमकाे संयाेजन आविष्करण नेपालका वरिष्ठ उपाध्यक्ष जनार्दन अधिकारी धड्कनले गर्नु भएकाे थियाे भने कार्यक्रम सञ्चालन आविष्करण नेपालका सचिव ताराप्रसाद चापागाईँले गर्नु भएकाे थियाे ।
उक्त कार्यक्रममा विशिष्ट अतिथिहरू डा. बम बहादुर थापा जिताली, कलानिधि दहाल, गंगा लिगलले शुभकामना मन्तव्यका साथमा रचना वाचन गर्नु भएकाे थियाे । विश्वका विभिन्न स्थानहरूबाट अतिथि सर्जकहरूले शुभकामना आदान प्रदान गर्नुकाे साथै चारु, खाेरिया, टुक्का कविता, पञ्चाङ्ग, काेपिला, सुसेली, उदक, बाछिटा, साइनाे, झर, आगाे, छेस्का, शीत, षड्ऋतु गरेर १५ वटा नेपालमा प्रवर्तन भएका विधा/उपविधाहरूमा रचना वाचन गर्नु भएकाे थियाे । रचना वाचन गर्ने अतिथि सर्जकहरूमा गंगा गहतराज अभिलाषी,चन्द्रा न्याैपाने, उमा ओडारी, आर्त अकुलिन, लक्ष्मी प्रसाद मिश्र, बेदु न्याैपाने, तेज प्रसाद खनाल, घनश्याम पाैडेल, चन्द्रावती अधिकारी, शाेभा आचार्य गाैतम, सीता पन्थी, सन्जना शर्मा, सीता पाण्डे, जमुना आचार्य, गिरिराज डल्लाकाेटी, तारा घिमिरे, सविता केसी, अम्बिका उप्रेती लगायत ३० जना स्रष्टा हुनुहुन्थ्यो ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि गैरेले अब साहित्यिक क्षेत्रमा समेत नेपालीहरू नै खाेज अनुसन्धान र आविष्कार गर्न सक्षम भई धेरै विधा/ उपविधाहरू नेपालमा नै जन्म भई सकेकाेमा खुसी व्यक्त गर्दै यसलाई सबल बनाउँदै विश्वभरि फैलाउनु पर्ने कुरामा जाेड दिँदै आविष्करण नेपालले याे कार्यकाे थालनी गरेकाेमा बधाई तथा शुभकामना व्यक्त गर्नु भयाे ।
अध्यक्ष डा.देवी पन्थीले आविष्करण नेपालले नेपालमा प्रवर्तन भएका सबै विधा/ उपविधाहरूकाे प्रवर्तक तथा प्रतिनिधिहरू सहभागी भएर आविष्करण नेपालकाे उद्देश्य अनुरुप सबै विधा/ उपविधाहरूकाे उन्नयन र विश्वव्यापीकरणमा एकजुट भएर लाग्न आव्हान गर्दै निकट भविष्यमा आविष्करण पत्रिका तथा विभिन्न पुस्तकहरू प्रकाशन गर्ने तयारी भई रहेकाे कुरा जानकारी गराउनु भयाे । उहाँले केही विधा/ उपविधाहरू खाेज अनुसन्धान नै नगरी नाम मात्र घाेषणा गर्नुकाे साटाे स्पष्ट सैद्धान्तक अवधारणा,आवश्यक खाेज अनुसन्धान गरेर स्तरीय विधा/ उपविधाहरूकाे आविष्कार गर्नुपर्ने कुरामा जाेड दिँदै शुभ दिवापवली तथा महाकवि लक्ष्मीप्रसाद देवकाेटा जन्मजयन्तीकाे अवसरमा सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुहुँदै बैठक समापनकाे घाेषणा गर्नु भएकाे थियाे।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

