साहित्य कला र संस्कृतिका लागि विगत पन्ध्र वर्षदेखि समर्पित रातोघरले कोरोना र घरबन्दीको समयमा बिभिन्न डिजिटल प्रविधिको माध्यममा साहित्यिक विमर्श र कविता वाचनको कार्यक्रम संचालन गरिरहेको छ ।
रातोघरले केही समयदेखि साहित्यिक विमर्श र कविता वाचनको कार्यक्रमलाई भारतीय नेपाली साहित्यकारहरुमा केन्द्रित गरेको छ । मेसेन्जर समूह, जुमको माध्यमबाट सम्पर्क गरी हरेक दिन जस्तो कार्यक्रम चलिरहेको छ । यसका लागि रातोघरले दार्जिलिंग जिल्लाका शहरहरुमा रहनुभएका साहित्यकारहरुलाई सम्पर्कका लागि पहिलो प्राथमिकतामा राखेको छ ।
पहिलो साहित्यिक विमर्श शुरु भयो मिरिक शहरबाट । मिरिकका लागि सम्पर्क सूत्र हुनुहुन्छ, कवि नुहांग राई । उनी आफ्नो ठाउँमा आगो कविका रुपमा चिनिन्छन । उनले मिरिकमा रहनु भएका कविहरुलाई सम्पर्क गरेर संयोजनको भूमिका खेले । रातोघर विमर्शको क्रममा वाचन गरिएका कविताहरु क्रमशः साहित्यपोष्टमा प्रकाशित हुनेछ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।