नेपाली साहित्यका साधक कथाकार ड़ा. शङ्कर सुब्बा फागोको कात्तिक ३ गते साँझ ५ बजे निधन भएको छ ।
राप्रपाका नेतासमेत रहनु भएका फागो प्राध्यापनसमेत गर्नुहुन्थ्यो । उहाँ केही दिनदेखि चुनावका सिलसिलामा राजनीतिक तथा घरायसी भेटघाटको सिलसिलामा हुनुहुन्थ्यो।
छाती दुखेर विराटनगरको नोबेल अस्पतालमा उपचाररत रहँदा उहाँको निधन भएको बताइएको छ । उहाँ मुटुको रोगी हुनुहुन्थ्यो। उहाँको शुक्रबार इटहरीमै अन्त्येष्टि भएको थियो ।
उहाँका दुई वटा कथा सङ्ग्रहहरू ‘एउटा हत्या नभएको हत्या’ र ‘बग्दाबग्दै जीवनसँग’ कृतिहरू प्रकाशित छन्। उहाँले भाषासेवी साहित्यकार महानन्द सापकोटाबारे शोध गरेर विद्यावारिधि प्राप्त गर्नु भएको थियो ।
२०१२ साल फागुन १७ गते थेचम्बु, ताप्लेजुङमा जन्मनुभएका स्व. फागोका धर्मपत्नी र दुई छोरी हुनुहुन्छ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला