आजको दिन इतिहास बनेपछि स्वर्ण अक्षरमा लेखिने छ । स्कूलमा पढाइने छ, सामाजिक शिक्षामा राखेर । इतिहास तथा भूगोल पढिरहँदा पनि आजको दिन छुट्ने छैन । लोकसेवा पढ्नेलाई त आजको दिन भविष्य बन्ने नै छ । साथै, अब स्कूले साना नानीबाबुमात्र हैन, हर एक नेपालीले सिक्ने छ खुकुरीको धार (लिपुलेक, कालापानी र लिम्पियाधुरा) साहितको नेपालको नक्सा कोर्न । जुन नक्सा देशको सबैभन्दा लोकप्रिय चित्र हो, सबैभन्दा सुन्दर नक्सा हो ।
केही समयअघि भारतले आफ्नो क्षेत्र बताउदै आएको नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेट्दै नेपालले पनि आफ्नो राजनैतिक तथा प्रशासनिक नक्सामा उक्त भूभागलाई पहिलोपटक समेट्यो । स्वभावतः नेपाल भारतबीचको रोटीबेटीको सम्बन्ध चिसियो ।
कुनै पनि नक्सालाई विश्वमाझ पुर्याउन तथा थप वैधानिकता प्राप्त गर्ने भनेको निशान छाप हो । जसको लागि संविधान संसोधन हुन जरुरी थियो । नेपालको राजनीतिमा प्रत्यक्षरुपमा हस्तक्षेप राख्ने भारतको पक्षमा नेपालको नेत्तृव तथा पार्टीहरु एक ढिक्का भएर उभिनुभनेको एक दुर्लभ क्षण थियो । तर त्यो आर्ट आज हाम्रो संसदले पूरागर्याे । र सर्वसम्मतीले एउटा सुन्दर चित्र कोर्याे । देशको चित्र । देशको नक्सा । निसाना छाप ।
नेपालीहरुका लागि योभन्दा सुन्दर आर्ट अर्काे के हुन सक्ला ?
(तस्बीरः इन्टरनेट तथा पत्रपत्रिका)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

