नियात्रा समाज नेपालले कात्तिक १ मा साहित्यकार शरद निरौला (अमेरिका)को नियात्राकृति “एट्लान्टिकदेखि प्रशान्त महासागरसम्म”को लोकार्पण तथा परिचर्चा कार्यक्रमको आयोजना गर्‍यो।

नियात्रा समाज नेपालका अध्यक्ष प्रतीक ढकालको अध्यक्षतामा आयोजित कार्यक्रममा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, ‘अभिव्यक्ति’का वर्तमान प्रधान सम्पादक पवन आलोक, गुञ्जनकी उपाध्यक्ष इल्या भट्टराई, दायित्व वाङमय प्रतिष्ठान, नेपालका अध्यक्ष रामप्रसाद पन्त र नियात्रा समाज नेपालका महासचिव प्रभा बरालले “एट्लान्टिकदेखि प्रशान्त महासागरसम्म”को लोकार्पण गरेका थिए।

कार्यक्रममा अध्यक्ष प्रतीक ढकाल, राधेश्याम लेकाली, श्रीओम श्रेष्ठ रोदन, निबन्धकार युवराज नयाँघरे, पवन आलोक, इल्या भट्टराई, रामप्रसाद पन्त र नियात्रा समाज नेपालकी महासचिव नियात्राकार प्रभा बरालले आ-आफ्नो मन्तव्य राखेका थिए।

“एट्लान्टिकदेखि प्रशान्त महासागरसम्म” कृतिको प्रकाशन दायित्व वाङमय प्रतिष्ठानले गरेको हो। कृतिमा सोह्र शीर्षकमा नियात्राहरू सङ्कलित छन् ।

हामीलाई सन्देश बाकसमा प्राप्त सन्देशअनुसार कार्यक्रममा साहित्यकारहरू किशोर पहाडी, भागीरथी श्रेष्ठ, जलेश्वरी श्रेष्ठ, ध्रुव मधिकर्मी, खेमनाथ दाहाल, मोहन चापागाई, राजेश खनाल, रमेश दाहाल, श्रीराम राई, डिल्लीरमण सुवेदी, चन्दकान्त आचार्य, अश्विनी कोइराला, विक्रमभक्त जोशी, नरेश श्रेष्ठ, गोविन्द प्रधान, ज्योति घिमिरे आदिको उपस्थिति रहेको थियो ।