संस्कृतिविद् तथा शताब्दी पुरूष सत्यमोहन जोशीको निधनमा सरकारले मंगलबार सार्वजनिक बिदा दिई शोक मनाउने भएको छ ।

कात्तिक १ गते मंगलबार सार्वजनिक बिदा दिनुका साथै राष्ट्रिय झण्डा झुकाइने भएको छ ।

नेपाल सरकारले सोबारे आज निर्णय गरेको हो ।

यससँगै जोशीको निधनमा नेपालभर नै सबै सरकारी कार्यालय, सार्वजनिक संघसंस्था, विदेशस्थित कूटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा झुकाइनेछ ।