अनेसास सिटी मनी साहित्य पुरस्कारका लागि आयोजित जापानव्यापी खुला कविता प्रतियोगिताको उत्कृष्ट १० कविताको नतिजा सार्वजनिक गरिएको छ।
प्रतियोगितामा जापानका विभिन्न स्थानमा बस्ने कविहरूले भाग लिएका थिए। प्रतियोगितामा ४३ कविताहरू प्राप्त भएका थिए भने प्राप्त कविताहरू कवि तथा समालोचक डा. नेत्र एटमको संयोजकत्वमा, समालोचक यसोदा राई तथा समालोचक डा. विष्णुप्रसाद ज्ञवाली सहितको निर्णायक समितिले मूल्याङ्कन गरेको थियो।
उत्कृष्ट १० कविताका दस कविहरूलाई आगामी ३० तारिख आइतबारको साहित्य चौतारी लक्ष्मी जयन्ती विशेष कार्यक्रममा वाचनमा सहभागी बनाई उत्कृष्ट तीन घोषणा गर्ने अनेसास जापानले जनाएको छ। मूल्याङ्कनको आधारमा वाचन कलालाई भने समावेश गरिएको छैन। उत्कृष्ट तीन कविहरूले जनही २५/२५ हजार जापानी येन पुरस्कार तथा प्रमाण पत्र प्राप्त गर्नेछन्।
निर्णायक समितको निर्णय अनुसार देहाय बमोजिमका कवि र कविताहरू उत्कृष्ट दशमा परेका छन्।
छनोटमा परेका कविहरूलाई उत्कृष्ट ३ घोषणा कार्यक्रममा सहभागिताका लागि आयोजक संस्थाले विस्तृत जानकारी ई-मेल मार्फत गराउनेछ भनिएको छ।
वर्णानुक्रममा उत्कृष्ट दश कविहरू-
कुशुम नेपाली – आमा
कृति गिरी – देशको सुर्ता
मिना खड्का- प्रिय प्रतिरोध
राजेन्द्र शर्मा – छातीभरि देश छ
रामशरण कार्की- फर्किरहेको छु स्वर्गमा
रोशन पुन – हालखबर
विकल्प लम्साल – शायद बालाई थाहा छ
सचिन सरोवर- पत्थरकै भए जाती लाग्थ्यो
सरिता चौधरी- खुल्ला आकाश
सुरज हुक्पा चेङवाङ (अज्ञात मान्छे) – विमान
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।