काठमाडौं / शनिबार बिहानबाट ललितपुरको हिमालय होटलको दुई फरक हलमा सुरु भएको ‘कलिङ साहित्य महोत्सव काठमाडौं’ आइतबार साँझ सम्पन्न भएको छ । आइतबार विभिन्न २० वटा शीर्षक र सेसनमा बहस हुँदै महोत्सव सम्पन्न भएको हो ।

आइतबार भने महोत्सव काव्यमय भयो । २० मध्ये आधा दर्जन सेसनमा विभिन्न श्रष्टाले आफ्ना कविता, गजल प्रस्तुत गरेर कार्यक्रमलाई काव्यमय तुल्याए ।

आइतबार बिहानको दुवै सेसन कवितामय भएको थियो । त्यसपछि साँझको दुई सो काव्यमय बन्यो । एउटा सेसनमा कवि वसन्त चौधरीले आफ्ना कविताबाट दर्शकको मन जिते भने अर्को सेसनमा विभिन्न गजलकारले महफिल जमाए ।

बिहानीपखको अर्को सेसन पनि कवितामा केन्द्रित थियो । दिउँसोको एउटा सेसनमा त अँग्रेजी कवितासमेत यो महोत्सवमा सुन्न पाइयो ।

यसअघि एक दशकदेखि भारतमा आयोजना हुँदै आएको यो महोत्सको ११ औं संस्करण अन्तराष्ट्रिय महोत्सबको रुपमा यसपटक नेपालमा भएको हो । महोत्सब निकै राम्रो भएको बक्ताहरुले कार्यक्रममा बताए । जसमा भारतबाट ६० भन्दा बढी साहित्यकार बाँकी नेपालका गरेर ३०० भन्दा बढी साहित्यकार सहभागी थिए । अर्को वर्ष पनि आफूहरूले यो महोत्सवलाई काठमाडौंमा गर्न सक्ने महोत्सबका संस्थापक अध्यक्ष रश्मीरञ्जन परिताले बताए ।

यसरी विभिन्न शीर्षकका २० वटा बहस सेसनसँगै आइतबार बेलुकाबाट कलिङ्ग साहित्य महोत्सब काठमाडौं सकिएको हो ।