जापानमा करिब ६५ फिट अग्लो तथागत भगवान बुद्धको मूर्ति निर्माण सम्पन्न भएको छ ।
क्यूशु प्रान्त कुमामोतो, कामी आमाकुसामा एक विशाल चट्टानी पहरामा नेपाली मूर्तिकारहरुले भगवान बुद्धको मूर्ति निमार्ण सम्पन्न गरेका हुन् ।
ओसिमा सेकिबुचुयामा मूर्ति निर्माण प्रतिष्ठानको अगुवाईमा नेपाली मूर्तिकारहरुले एउटै विशाल ढुंगामा कुँदिएको यस शताब्दीको विश्वकै अग्लो भगवान बुद्धको मूर्ति निर्माण भएको हो ।
मूर्ति बनाउनेहरुमा नेपाली मूर्तिकार मञ्जुल मित्तेरी, सूर्य केसी, सानभाई विश्वकर्मा, रामचन्द्र पण्डित, चतुरलाल राजवंशी, जीवन पौडेल, गणेशकुमार राई, रामकुमार राई र सुवास विश्वकर्मा रहेका छन् ।
सन् २०१६ को सेप्टेम्बर महिनादेखि भगवान बुद्धलगायत अन्य मूर्ति बनाउन सुरु भएर सम्पन्न गरिएकाे हाे । प्रतिष्ठान संरक्षक एवं अध्यक्ष ओसिमा सिजुकीले अब भगवान बुद्धलगायतका मूर्तिलाई विश्व सम्पदामा सूचीकृत गर्न पहल गर्ने बताउनुभएको छ ।
एउटै विशाल चट्टानी पहरामा भगवान बुद्धको मूर्तिसहितका अन्य मूर्ति बनाउन ५० अर्ब बढी खर्च भएको प्रतिष्ठानले जनाएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।