
आख्यानकार गगनसिंह थापाको आठौं कृति ‘अस्ताचलको ढोकाबाट ” उपन्यासको उनको गृहनगर टीकापुरमा एक कार्यक्रममा विमोचन गरिएको छ ।
उपन्यासको विमोचन गर्दै वरिष्ठ साहित्यकार रामलाल जोशीले थापाको लेखकिय शैलीलाई उनको कृति कर्णालीको छेउछाउ देखि नै आफूले पछ्याउँदै आइ रहेको छु भन्नुभयो । सूदुर पश्चिम र कर्णाली क्षेत्रको भाषा, संस्कृति र सभ्यतालाई थापाका कृतिहरुले मुलधारमा लगेको र आफूहरुले त्यसलाई अगाडि बढाउन प्रयास गरिरहेको उहाँले बताउनु भयो । अस्ताचलको ढोकाबाट कृति संस्मरण र उपन्यासको उच्च काब्यिक समिश्रण रहेको र यसमा लेखकले आफ्नो मृत्यु पछिको अलौकिक स्वप्न यात्रालाई पूर्वीय दर्शनमा टिक्दै जीवन्त कथा बनौट गरेको पाइन्छ , प्रा. डा. धनकृष्ण उपाध्यायले पुस्तक माथि समिक्षा गर्दै उक्त अवसरमा बताउनु भयो ।
वास्तवमै यो कृति नेपाली साहित्यका लागि नृसिंह अवतार हो । देवकोटा साहित्य कला परिवारका अध्यक्ष बलबहादुर रावलको सभापतित्वमा सम्पन्न कार्यक्रममा साहित्यकारहरु कर्णबहादुर थापा , धनन्जय तिमिल्सिना ,टीकापुर विकास समितिका पुर्व अध्यक्ष मिनबहादुर रावल, स्व. थापाका छोरा हिक्मत थापा र छोरी पदमिनी थापाले समेत थापाको ब्याक्तित्व र कृति माथी आफ्ना मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजीकरण पत्रकार परमानन्द पाण्डेले गरेका थिए ।
स्वर्गीय साहित्यकार थापाका सोह्र सौगात (कथा सङ्ग्रह ,२०३५),कर्णालीको छेउछाउ (उपन्यास ,२०७१) , पुर्खाको चिट्ठी (उपन्यास ,२०७२),मेरो मधुशाला ( उपन्यास , २०७४), उज्ज्वली ( लघु उपन्यास, २०७६), महाप्रलय ( उपन्यास , २०७७) र मरुभमिकि महारानी ( लघु उपन्यास , २०७७) कृतिहरु प्रकाशित छन ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
