कलिङ साहित्य महोत्सव (केएलएफ) भारतको पूर्वी भाग ओडिशाको भुवनेश्वरमा वार्षिक रूपमा आयोजना हुने सबैभन्दा प्रतिष्ठित अन्तर्राष्ट्रिय साहित्यिक उत्सवहरू मध्ये एक हो । केएलएफको तत्वावधानअन्तर्गत वार्षिक कार्यक्रम बाहेक, यसका अन्य तीनवटा लोकप्रिय महोत्सव यसले गर्ने गर्छ मिस्टिक कलिङ महोत्सव, कन्धमाल साहित्य महोत्सव, मैथिली साहित्य महोत्सव । कलिङ साहित्य महोत्सव २०१३ बाट सुरू गरिएको हो । यसका मुख्य निर्देशक रश्मी रञ्जन परिडा हुन् ।
वार्षिक कलिङ साहित्य महोत्सवले भारतको सृजनात्मक भावनालाई पर्वको रूपमा मनाउँछ साथै साहित्यिक विविधताको उत्सव गर्दछ । यसले ओडिशा, भारतभित्र र बाहिर कला र साहित्यिक संसारका उत्कृष्ट साधकहरूका अनुभूति व्यक्त गर्न लगाउँछ अन्तक्रिया गराउँछ । यसले विश्वव्यापी अपिलको साथसाथै अन्तर्राष्ट्रिय मञ्च प्रदान गर्दछ र अंग्रेजी र अन्य भारतीय क्षेत्रीय भाषाहरूमा रहेको साहित्य बीचको खाडललाई पुर्ने कोसिस गर्दछ । लेखक, शिक्षाविद्, नीति निर्माता, साहित्यिक सांस्कृतिक, राजनीतिक तथा सामाजिक कार्यकर्ता, सांसद, सरकारी अधिकारी, संस्थाका नेता, आध्यात्मिक चिन्तक, विद्यार्थी र जीवनका सबै क्षेत्रका व्यक्तिहरू महोत्सवको जीवन्त वातावरणमा डुबेर आफ्ना मनपर्ने लेखक तथा कृतिहरूबारे विचार आदानप्रदान गर्ने गर्दछन्, सुन्ने र अवलोकन गर्ने गर्दछन् ।
७५ प्रतिशत वक्ता कलाकारहरू नेपालबाट सहभागी हुनेछन् भने बाँकी भारतबाट हुनेछन् । यो महोत्सव मूलतः नेपाली कला, साहित्य र संस्कृतिमा केन्द्रित रहनेछ भने भारतबाट आउनुहुने व्योमेश शुक्लाले ‘राम कि शक्तिपूजा’ थिएटर (काशी,) तथा बलिउड प्रसिद्ध गीतकार, अभिनेता पियुष मिश्राले प्रस्तुति दिनेछन्, बलिउडका सुप्रसिद्ध संगीतकार राज शेखर सुप्रसिद्ध मालिनी अवस्थीले पनि प्रस्तुति दिनेछन् । भारतका साहित्य साधक अशोक वाजपेयी, सुधीर चन्द्र, गीताञ्जली श्री, मृदुला गर्ग, अरूण कमल, रञ्जित राय, आनन्द निलकण्ठ (बाहुबलीका लेखक), ओम तन्वी, गगन गिल, हलधर नाग, मालिनी अवस्थी, यतिश कुमार, दिप्ती गोपालनन, पियुष मिश्रा, राज शेखर, गीतकार समीर लगायत हस्तीहरूको सहभागिता हुनेछ । र अरू विशिष्ट व्यक्तित्वबाट कला साहित्य र संस्कृतिका विविध विषयका अनुभूति सुन्ने छौँ, छलफल गर्नेछौँ ।
नेपाली भाषा, साहित्य संस्कृतिका विषयमा छलफल हुनेछ । आख्यान, नियात्रा, नारी लेखन, समालोचना, मैथिली साहित्य, भोजपुरी साहित्य, नेवारी संस्कृति लगायत समाज, सिनेमा, पात्र, चरित्र नेपालका विभिन्न स्थानबाट आउनुहुने कविका कविता लगायत विविध विषयमा छलपल हुनेछ भने महोत्सवको केन्द्रीय नारा ‘भारत र नेपाल सभ्यताको यात्रा र आत्माको खोजी’ रहेको छ ।
यसअन्तर्गत नै यशस्वी प्रज्ञा प्रतिष्ठानको सहकार्यमा कान्तिपुर आर्ट फेस्टिवल पनि हुँदैछ । यसमा भारत, नेपाल र बंगलादेशका विशिष्ट आर्टिष्टहरूका विभिन्न चित्रहरू प्रदर्शन गरिने छ ।
नेपालका विशष्टि साधकहरू सत्यमोहन जोशी, तुलसी दिवस, विष्णुविभु घिमिरे, रागिनी उपाध्याय, माया ठकुरी जगमान गुरूङ, दिनेश अधिकारी, प्रा. गोपाल भण्डारी, वसन्त चौधरी, प्रा.डा. वासुदेव त्रिपाठी, अशेष मल्ल, मञ्जु कञ्चुली, तिवारी, तीर्थ श्रेष्ठ, रमेश क्षितिज, कनक दीक्षित, अर्चना थापा, गनेस पौडेल, भागिरथी श्रेष्ठ, महेशविक्रम शाह, माया ठकुरी, अमर न्यौपाने, नारायण ढकाल, विजय कुमार, डा. ज्ञानु पाण्डे, कुमारी लामा, डा. सावित्री मल्ल, सगुना शाह, डा. शान्तिमाया गिरी, डा.रजनी ढकाल, डा.ज्ञानु अधिकारी, अभय श्रेष्ठ, डा. गीता त्रिपाठी, स्नेह सायमी राजकुमार बानियाँ, भीष्म उप्रेती, युवराज नयाँघरे, जय छाङ्छा, प्रभा बराल, प्रतीक ढकाल, नयनराज पाण्डे, राजन मुकारूङ, विमल आचार्य, रामलाल जोशी, सन्तोष श्रेष्ठ, विवेक ओझा, धीरेन्द्र प्रेमर्षि, अर्पण थापा, सुरक्षा पन्त, गोपाल अश्क, उमा सुवेदी बाबु त्रिपाठी लगायतका वक्ताहरू सहभागी हुनेछन् ।
साहित्यिक उत्सवमध्ये यो विशेष हुनेछ । यो महोत्सवले उदीयमान विश्व संस्कृतिको परिप्रेक्ष्यमा नेपाल र भारतबीचको दीर्घकालीन सम्बन्धलाई मजबुत बनाउने छ । नेपाल विश्वभरका साधकहरूका लागि तीर्थयात्रा र सांस्कृतिक गन्तव्यको केन्द्र बनेको छ । हिमालयको फेदमा रहेको यो दिव्य भूमिले हजारौं वर्षदेखि रहस्यवादी, योगी, साहसी र प्रकृतिप्रेमीहरूलाई आकर्षित गरेको छ । नेपाली जनता आफ्नो इमान्दारी र बहादुरीका लागि परिचित छन् । यस भूमिको समृद्ध सम्पदा छ र भारतसँग दिगो सम्बन्ध रहेको छ । यो महोत्सवले नेपाल–भारत साहित्यिक ऐतिहासिक सम्बन्ध र दुई देशबीचको सभ्यताको सम्बन्धलाई प्रगाढ बनाउन तथा कला, संस्कृति साहित्यको प्रवर्धन र विश्वव्यापीकरण गर्न सहयोग गर्नेछ ।
नेपाल–भारत साहित्यिक सम्बन्धको परिप्रेक्ष्यमा भगवान शिवको शिवपथ र गौतम बुद्धको शान्तिपथको अवधारणालाई विश्लेषण र मनन गर्नेछ । यसको लागि यशस्वी प्रज्ञा प्रतिष्ठान, हिमालयन डायरी प्रालि, राष्ट्रिय साहित्य प्रतिष्ठान, नेपाल–कलिङ साहित्य महोत्सव काठमाडौं संस्करणको लागि समन्वय गर्दैछन् । महोत्सवले नेपालको गौरवशाली परम्परालाई केन्द्रित गर्नेछ ।
“कलिङ्ग साहित्य महोत्सव काठमाडौंमा साहित्य, संगीत, नृत्य, कविता र अन्य कला विधाहरू प्रदर्शन हुनेछन् । साहित्य, संगीत, नृत्य, कला, कविता प्रेमीहरूको लागि यो जीवनकालको अनुभव हुनेछ । महोत्सवले उदीयमान विश्व संस्कृतिको परिप्रेक्ष्यमा नेपाल र भारतबीचको लामो समयदेखिको सम्बन्धलाई सुमधुर बनाउने छ, ।
कलिङ साहित्य महोत्सव भारतको एक प्रतिष्ठित संस्था हो जसले भारतका विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूलाई सम्मान र प्रवर्धन गर्दै आएको छ । यसले दुवै संस्थाका सदस्यहरूसँग मिलेर भविष्यमा बहुआयामिक कार्यक्रम गर्ने लक्ष्य राखेको छ । सूर्य नेपाल कलिंग साहित्य महोत्सव काठमाडौं पहलको एक महत्वपूर्ण भागीदार रहेको छ भने लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी नेपाल) कलिङ्गा साहित्य महोत्सव काठमाडौं का मुख्य प्रायोजक रहेका छन् ।
“हामीले नेपालका महान साहित्यिक, आध्यात्मिक, सांस्कृतिक परम्पराहरू, शिव र बुद्ध तत्वको विषयवस्तु र दक्षिण एसिया र विश्वव्यापी साहित्यिक आन्दोलन र परम्पराहरूमा यसको योगदानलाई उत्सवका रूपमा मनाउने योजना बनाएका छौं । महोत्सवमा साहित्य, कला, संस्कृति, इतिहास र नेपाली र भारतीय कला र संगीतको विश्वका साथै नेपाल र भारतका कलात्मक परम्पराहरू प्रदर्शन गर्ने प्यानल छलफल हुनेछ,’ –कालिंग साहित्य महोत्सव काठमाडौँकी निर्देशक रञ्जना निरौला रहेकी छिन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।