नेपालकाे एकमात्र साहित्यिक इदैनिक साहित्यपाेस्टले आफ्ना पाठकहरूलाई उत्कृष्ट पुस्तकहरूकाे अडियाे पुस्तक अभियान सुरू गरेकाे छ । दसैँकाे अवसर पारेर साहित्यपाेस्टकाे बेबसाइट तथा युट्युब च्यानलबाट अडियाे पुस्तककाे वाचन सुरू गरेकाे हाे । यसकाे सुरूवात मदन तथा पद्मश्री पुरस्कार विजेता नीलम कार्की निहारिकाकाे पछिल्लाे पुस्तक ‘द्राैपदी अवशेष’बाट सुरू गरेकाे हाे ।
हरेक साता करिब १ घन्टाकाे उक्त अडियाे युट्युब र बेबसाइटमार्फत सुन्न सकिन्छ । एकमुस्ट पुस्तक भने साहित्यपाेस्टकाे एन्ड्राेइड एपमार्फत सुन्न सकिनेछ ।
‘साहित्यपाेस्टले नेपाली भाषा र साहित्यका हजाराैँ पाठकलाई आकर्षित गरिरहेकाे छ । लेखकका रूपमा हाम्रालागि याे अवसर र खुसीकाे कुरा हाे,’ लेखक नीलम कार्की निहारिकाले अडियाे प्रसारणकाे खुसीमा भन्नुभयो, ‘याे ठूलाे फाेरममार्फत आफ्ना पुस्तक अडियाे भर्सनमा पनि मेरा पाठकसम्म पुगाेस् भन्ने चाहनाले अब मूर्त रूप लिएकाे छ । आजकाे युग डिजिटल युग हाे । त्यसकाे सदुपयाेग गर्नुपर्छ भन्ने लागेर साहित्यपाेस्टसँग जाेडिएकी हुँ ।’
‘याेगमाया’का विषयमा विद्यावारिधि सक्न लागेकी ‘याेगमाया’ उपन्यासकी लेखिकाकाे ‘द्रौपदी अवशेष’मा नवलेखक सुबाेध पाैडेलले स्वर दिनु भएको छ । पेशाले इन्जिनियर पाैडेल साहित्यसँगकाे रूचिका कारण स्वरमार्फत साहित्यपाेस्टसँग जाेडिनु भएको हो । हाल उहाँ अमेरिकाकाे मिसिसिपी स्टेट युनिभर्सिटीमा सिभिलतर्फ स्नातकाेत्तर गरिरहनु भएको छ । उहाँकाे ‘मिराज’ उपन्यास प्रकाशित छ । हाल नयाँ उपन्यासमा काम गरिरहनु भएका पाैडेलका केही फुटकर कथा निकै लाेकप्रिय छन् ।
‘साहित्यपाेस्टलाई समयानुकूल परिवतर्न गर्दै जाने उद्देश्यअनुरूप हामी प्रविधिकाे उच्चतम सदुपयाेग हाेस् भन्ने चाहन्छाैँ । त्यही उद्देश्यअनुरूप अडियाे पुस्तक अभियान सुरू गरेका हौँ,’ साहित्यपाेस्टका प्रधानसम्पादक अश्विनी कोइराला भन्नुहुन्छ, ‘दैनिक समाचार, खोजअनुसन्धान र हरेक दिन विधागत प्रस्तुतिपछि साहित्यपोस्टले युट्युबमार्फत अडियो पुस्तक सुरू गरेको छ । साहित्यपोस्टका लिखित सामग्रीहरूलाई जसरी पाठकले मनपराउनु भयो, पुस्तक वाचन पनि मनपराउनु हुनेछ भन्ने विश्वास लिएका छौँ ।’
कोइरालाका अनुसार साहित्यपोस्टले एपमार्फत चर्चित पुस्तकको डिजिटल भर्सन र एकमुस्ट अडियो पुस्तकको सुरूवात गरिसकेको छ । हाललाई एन्ड्रोइड भर्सनमा मात्र उपलब्ध उक्त एप चाँडै एप्पलका डिभाइसहरूमा पनि उपलब्ध हुने कोइरालाले जनाउनु भयो ।
‘एपमा नेपाली साहित्यकारहरू अभ्यस्त भई नसकेका कारण हामीले युट्युबमार्फत पुस्तक वाचन अभियान सुरू गरेका हौँ,’ कोइराला भन्नुहुन्छ, ‘पुस्तक सुन्ने बानीको विकास भइसकेपछि हामी पूर्णरूपमा एपलाइ सक्रिय बनाउनेछौँ ।’
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।