

श्रीओम श्रेष्ठ‘रोदन’
नेपाल स्रष्टा समाजको साधारण सभाले श्रीओम श्रेष्ठ रोदनको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ। गत साता नेपाल प्रज्ञाप्रतिष्ठानमा सम्पन्न भएको सो सभाले चेतनाथ कणेल हरितलाई उपाध्यक्ष, देविका तिमिल्सिनालाई महासचिव, तारा सुवेदीलाई कोषाध्यक्ष, प्रकाश घायललाई सचिवमा चयन गरेको हो।
यस्तै सदस्यहरूमा शंकर भारती, डा. सदानन्द कणेल, रञ्जना निरौला,डा. शान्तिमाया गिरी, मधु पाठक र माधव बिडारी निर्वाचित भए।
साधारणसभाले निर्वाचनका लागि पवन आलोक, हिरण्यकुमारी पाठक र डा गोविन्दमानसिंह कार्की रहेको निर्वाचन आयोग गठन गरेको थियो।
जानु धिताल र नवराज अवदोषीले समाजको गत कार्यकालको गतिविधि र आयव्ययको प्रस्तुत गरेका थिए भने स्रष्टा विनोद नेपालले कार्यक्रम चलाएका थिए।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
