नेपाल संस्कृत विश्वविद्यालय, राष्ट्रिय साँस्कृतिक अध्ययन केन्द्र,अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टर, घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका तथा नेपाल उद्योग वाणिज्य संघ घोराहीको संयुक्त तत्वावधानमा दुई दिने राष्ट्रिय साँस्कृतिक सङ्घगोष्ठि सम्पन्न भयो ।
विश्वविद्यालयका उपकुलपति प्रा. डा. यादवप्रकाश लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा लामिछानेले लोक संस्कृतिको संरक्षण नै संस्कृतिको आधार र पुस्तान्तरण रहेको धारणा व्यक्त गरे ।
घोराही उपमहानगरपालिकाका प्रमुख नरूलाल चौधरीले जन्मदेखि मृत्यु पर्यन्त हाम्रा महत्त्वपूर्ण संस्कार र संस्कृतिको तिनको जगेर्ना गर्नुपर्ने दायित्व सरकारले लिनुपर्ने धारणा राखेका थिए।
तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरी,भाषाविद् प्रा. डा. माधवप्रसाद पोखरेल, जर्मन चौधरी, अनेसास नेपाल च्याप्टरका अध्यक्ष सन्ध्या पहाडीले नेपाली मौलिक संस्कृति र लोक परम्परालाई विश्वव्यापी बनाउन सबैको सहकार्य आवश्यक रहेको धारणा राखे ।
कार्यक्रममा साहित्यकारहरू राजेन्द्र केसी, ऋषभदेव घिमिरे, मधु पाठक, कल्पना खरेल, सुष्मा आचार्य, हरिबोल ढकाल लगायतका साँस्कृतिक,भाषिक तथा स्थानीय लोक संस्कृति संरक्षण संस्थाका २५० भन्दा बढी प्रतिनिधिहरूको उपस्थिति थियो ।
दुई दिने सो सङ्गोप्ठिमा १२ वटा विषयगत कार्यपत्रको प्रस्तुति रहेको थियो । प्रस्तुत गरिएका कार्य पत्रमाथि टिप्पणी र सहभागीहरूको समीक्षात्मक अन्तरक्रिया रहेको थियो । प्रा.डा. राजाराम सुवेदीको दैलेखको इतिहास र संस्कृति, डा. कान्छी महर्जनको लोकनाट्यमा मनमैजुको प्रचलित रोपाइँ जात्रा, डा. गोविन्द आचार्यको चमार जातिको संस्कृतिक जीवन, राजेन्द्रसिह रावलको मध्यकालीन डोटी राज्यको कर प्रणाली, डा. भक्त राईको किराँती जातिको सांस्कृतिक आधार- मुन्धुम , बिक्रममणि त्रिपाठीको अवधी फाग गीत , प्रा.डा. माधवप्रसाद पोखरेलको लुम्बिनी प्रदेशका मातृभाषाको विकास , डा. शशी थापा पण्डितको प्राचीन नेपाली कलाकृतिमा रतिकला, डा. गोपाल ठाकुरको भोजपुरी लोककाव्य “शोभनयका बञ्जारा”, अशोक थारुको थारु लोक संस्कृतिमा मन्त्र अभ्यास, टीकाराम बुढाको हाता खेल्ने मगर जातिको युद्धकला र डा. रघुनाथ नेपालको धर्म दर्शनको अध्यापन परम्परा र विशिष्टाद्वैत दर्शन सम्बन्धि कार्यपत्रको प्रस्तुति रहेको थियोे । स्थानिय गन्धर्व कला संस्कृतिको प्रदर्शन, मंगल धुन,मालश्री धुन तथा योगकलाको समेत प्रदर्शन गरिएको थियो ।
उदघाटन सत्र कार्यक्रमको सभापतितब ने.सं.बि.का रेक्टर डा. भीम खतिवडाले गरेका थिए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।