शताब्दी पुरुष सत्यमोहन जोशीलाई अस्पतालमा भर्ती गरिएको छ । विगत केही दिनदेखि निरन्तर कमजोर महसुस हुने, खानामा अरूचि हुने जस्ता समस्या देखिएपछि उहाँलाई शुक्रबार अस्पतालमा भर्ना गरिएको बताइएको हो ।
उहाँ भर्ती गरिएको किस्ट अस्पतालका अनुसार जोशीलाई निरन्तर निगरानीमा राखिएको छ ।
शुक्रबार अस्पतालका चिकित्सक तथा नर्सिङ टोली उहाँको निवासमा पुग्दा धेरै कमजोर देखिएको र खानपिन पनि छाडेकाले सोही टोलीले उहाँलाई अस्पतालको आकस्मिक कक्षमा पुर्याएको समाचारहरूमा जनाइएको छ ।
जोशीलाई विभिन्न विभाग (मेडिसिन, पल्मोनोलोजी, युरोलोजी, कार्डियोलोजी, नेफ्रोलोजी) का चिकित्सकले संयुक्त जाँच गरिएको छ ।
‘जोशीलाई पिसाब संक्रमण, पुरानो छाती तथा मुटुको समस्या साथै डेंगी पनि देखिएको छ,’ अस्पतालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
अस्पतालका अनुसार उहाँलाई हाल डिलक्स क्याबिनमा सूक्ष्म निगरानीमा राखिएको छ। उहाँको अवस्था चिन्ताजनक देखिए पनि डराइहाल्नुपर्ने स्थिति नरहेको पल्मोनोलोजिस्ट तथा इन्टरनल मेडिसिनका विभागीय प्रमुख प्राध्यापक डाक्टर मिलेस जंगसिजापतीलाई उद्धृत गर्दै सेतोपाटीले जनाएको छ ।
किष्ट शिक्षण अस्पतालले जोशी र उहाँकी पत्नी राधादेवी जोशीको सम्पूर्ण स्वास्थ्यको जिम्मेवारी लिई सेवा दिँदै आएको बताइएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।