साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

‘द पोइट आइडल’का लागि कविता अव्हान; ‘अनलाइन पाटनर’मा साहित्यपोस्ट

कवितासम्बन्धी नेपालकै पहिलो रियालिटी शो ‘द पोइट आइडल’सँग अनलाइन पाटनरका रुपमा नेपालकै पहिलो दैनिक साहित्यिक (इ)पत्रिका साहित्यपोस्ट (www.sahityapost.com) ले सहकार्य गर्नेछ ।

Chovar Blues Mobile Size

नेपालकै पहिलो कविताको टिभी रियालिटी शो ‘द पोइट आइडल’ले डिजिटल अडिसनका लागि कविता आव्हान गरेको छ । प्रख्यात कवि क्षेत्रप्रताप अधिकारीका सुपुत्र अमनप्रताप अधिकारीद्वारा निर्माण निर्देशन गरिने शोको डिजिटल अडिसनका लागि भिडियोमा कविता अव्हान गरिएको हो ।

रियालिटी शोमा भाग लिन चाहने कविले आफ्नो कविता वाचन गरी अधिकतम दुई मिनेट लामो भिडियो बनाउनु पर्नेछ । र, उक्त भिडियोलाई वाट्सएप (९८०८११६६४४) वा इमेल (thepoetidol@gmail.com) मार्फत पठाउनु पर्नेछ । कविता बुझाउने अन्तिम मिति २०७९, असोजको ३१ गतेसम्म रहेको छ ।

कवितासम्बन्धी नेपालकै पहिलो रियालिटी शो ‘द पोइट आइडल’सँग अनलाइन पाटनरका रुपमा नेपालकै पहिलो दैनिक साहित्यिक (इ)पत्रिका साहित्यपोस्ट (www.sahityapost.com) ले सहकार्य गर्नेछ । ‘द पोइट आइडल’का सम्पूर्ण गतिविधि तथा सामग्रीहरु विभिन्न रुपमा साहित्यपोस्टमार्फत प्रकाशन गर्ने सहमति दुबै पक्षका बिचमा भएको छ ।

‘द पोइट आइडल’को विजेता कविले दस लाख रूपियाँ नगद पाउने छन् । साथै, यात्रा पब्लिसिङ्ग हाउसका तर्फबाट विजेता कविको ५ लाख बराबरको कवितासङ्ग्रह प्रकाशन गरिनेछ ।

winner-prize-of-poet-idol

sagarmani mobile size

कार्यक्रममा सहभागीबीच प्रतिस्पर्धा हुनेछ, प्रस्तुति जाँच्ने निर्णयकका साथै दर्शकहरूले पनि आफूलाई मन परेका प्रतिस्पर्धी कवि, कवयित्रीलाई भोट हाल्न पाउनेछन् । हरेक हप्ता एक जना प्रतिस्पर्धी बाहिरिने र अन्तिममा एक जना प्रतिभा ‘द पोइट आइडल’ बन्नेछ ।

प्रतियोगितको निर्णायकमा कविद्वय विप्लव प्रतीक र उपेन्द्र सुब्बाका साथमा निर्देशक तथा रंगकर्मी अनुप बराल र अभिनेत्री सुरक्षा पन्त रहनेछन् । कार्यक्रम अभिनेता दिव्यदेव पन्तले सञ्चालन गर्ने भएका छन् ।

कार्यक्रममा विश्वका जुनसुकै स्थानमा रहेका नेपालीभाषी कविले भाग लिन पाउँछन् । आइडल एपीवान टेलिभिजनबाट प्रसारण हुने बताइएको छ ।

प्रतिक्रिया
Loading...