साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

जाजरकोट गजल महफिल आयोजन गरिँदै

Chovar Blues Mobile Size

जाजरकोट / तेस्रो जाजरकोट गजल महफिल हुने भएको छ। ”साहित्यको संरक्षण र सम्बर्द्धन हाम्रो अभियान-जोगाउँ, बचाउँ, बनाउँ, हाम्रो पहिचान” भन्ने मूल मान्यताका साथ जाजरकोटी साहित्यिक आवाज जाजरकोटले जिल्लाको भेरी नगरपालिका खलंगामा मिति असोज ११ गते “तेस्रो जाजरकोट महफिल” गर्ने भएको हो।

यस महफिलमा चर्चित गजलकारहरू महेन्द्र चन्द महसागर (दैलेख)-सुमन स्मारिका (कैलाली)- इन्द्र लम्साल (सुर्खेत)को सहभागिता रहनेछन् भने कार्यक्रमको सहजीकरण चर्चित गजलकार, कवि तथा अभियन्ता बाबू त्रिपाठीले गर्नेछन्।

सोही कार्यक्रममा अर्का गजलकार बिपिन सलामीको गजल गल्ली संग्रह विमोचन कार्यक्रम पनि रहनेछ।

भेरी नगरपालिका खलंगामा बडा दशैँ २०७९ को अवसर पारी राखिएको यस “तेस्रो जाजरकोट महफिल” मा काठमाडौँ, सुर्खेत, दैलेख, बाँके, बर्दिया, सल्यान, रुकुम, कालिकोट,अछाम, लगायतका अधिकांश अन्य विभिन्न जिल्लाहरूबाट राष्ट्रिय स्तरका गजलकार तथा साहित्यिक व्यक्तित्वहरूको उत्साहप्रद सहभागिता रहने बताइएको छ ।

sagarmani mobile size
प्रतिक्रिया
Loading...