साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

प्रज्ञा प्रतिष्ठान गठनमा नेपाली लेखक सङ्घ मोरङको आपत्ति

Chovar Blues Mobile Size

 

प्रदेश १ सरकारले भाषा, साहित्य, कला संस्कृतिको संरक्षण, सम्बर्धन र विकास गर्ने उद्देश्यले व्यवस्था गरेको प्रज्ञा प्रतिष्ठान सन्चालनका लागि गत भदौ २७ गते नेपाल राजपत्रमा प्रकाशित भएको ऐनका सम्बन्धमा नेपाली लेखक सङ्घ मोरङ्को ध्यानाकर्षण भएको भन्दै एक विज्ञप्ति जारी गरी प्रतिष्ठानमा नियुक्त गरिने सम्पूर्ण पदहरूमा विशुद्ध प्राज्ञिक तथा सम्बन्धित क्षेत्रमा विशिष्टता हासिल गरेका व्यक्तित्वहरू रहनु पर्ने माग गरेको छ ।

नेपाली लेखक सङ्घ मोरङ्का अध्यक्ष दिङ्लाली कान्छो, प्रदेश १ का संयोजक प्राज्ञ विवश पोखरेल, केन्द्रीय सल्लाहकार प्राज्ञ दधिराज सुवेदी, केन्द्रीय सदस्य निर्मला कोइराला लगायत कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यहरूको बैठकले मुख्यमन्त्री, संस्कृतिमन्त्री र मन्त्रालयका सचिवका सट्टामा विशुद्ध प्राज्ञिक क्षेत्रका वरिष्ठ व्यक्तिहरू कुलपति, सहकुलपति, उपकुलपति तथा सदस्यसचिव रहने गरी हालको ऐनलाई संसोधन गर्नका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

साथै नेपाल सरकारले व्यवस्था गरेअनुसार नेपाल प्रज्ञा प्रतिष्ठानको अवधारणाअनुरुप नै प्रदेश प्रज्ञा प्रतिष्ठानको व्यवस्था गर्न माग गरिएको छ ।

प्रतिष्ठान ऐन, कुलपति मुख्यमन्त्री, सहकुलपतिमा संस्कृतिमन्त्री र सचिवमा मन्त्रालयको सचिव रहने गरी पारित गरिएको छ ।

sagarmani mobile size
प्रतिक्रिया
Loading...