नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा जरा फाउन्डेन नेपालको सहकार्य र भूपी स्मृति थाक पुस्तकालयको स्थानीय आयोजनामा मुस्ताङको कोबाङमा वाङ्मय सङ्गोष्ठी सोमबार सम्पन्न भएको छ । भुपी स्मृति थाक पुस्तकालयका अध्यक्ष बसन्त शेरचनको अध्यक्षता रहेको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीको प्रमुख उपस्थिति रहेको थियो । भूपी थाक पुस्तकालय परिसरमा रहेको यशस्वी कवि भूपी शेरचनको प्रतिमामा माल्यार्पण गरिएको थियो र उपस्थिति साहित्यकारहरुबाट पुस्तकालयको अवलोकन भएको थियो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतिले पानसमा बक्ति बालेर भूपी शेरचनको फोटोमा माल्र्यापण गरेर कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो । चिनको तिब्बतसँग सीमाना जोडिएको मुस्ताङ दार्शनिक पृष्ठभुमी बोकेको जिल्ला हो, नेपालको वाङ्मय क्षेत्रको विकासमा कवि भूपि शेरचन कालजयी स्रष्टाको रुपमा स्थापित छन् मुस्ताङले वाङ्मय क्षेत्रमा यस्तो सपुत जन्माएको छ, जसले युगयुगान्तरसम्म बिर्सने छैन, कुलपती उप्रेतीले भन्नुभयो । ‘मुस्ताङको माटो र हावापानीमा भूपीकै योगदानले साहित्यक सुगन्ध दिन्छ भन्ने कुरामा वक्ताहरुको जोड थियो । कवि भूपि शेरचनको योगदान र गरिमालाई कालान्तरसम्म जोगाईराख्न नव पुस्ताहरु लागि पर्नुपर्नेमा उहाँहरुको जोड थियो । मुस्ताङ आर्थिक,सामाजिक र भौगोलिक रुपमा सामथ्र्य भएको जिल्लाको रुपमा रहेको उल्लेख गर्दै यहाँका धार्मिक ,साँस्कृतिक सभ्यता र ऐतिहासिक बिषयवस्तुलाई साहित्यिक सिर्जनामा रुपान्तरण गर्नुपर्नेमा सबैको जोड थियो । वाङ्मय क्षेत्रमा महत्वपूर्ण पृष्ठभुमी बोकेको जिल्लामा साहित्य र संस्कृतिको विकास नजिकबाट नियाल्दै भूपि शेरचनप्रति सम्मान व्यक्त गर्न देशभरका साहित्यिक सर्जक मुस्ताङ आउने गरेको र त्यसले उर्जा थपिरहेको कुरा सर्जकहरुको थियो ।
जरा फाउन्डेसन नेपालका अध्यक्ष कृष्ण प्रसाईले कार्यक्रममा स्वागत मन्तव्यद्वारा स्वागत गर्दै नेपाली भाषा,साहित्य,कला संस्कृतिको उत्थानमा जरा फाउन्डेसनले स्वदेश तथा विदेशीमा विभिन्न गतिविधि संञ्चालन गरिरहेको र फाउन्डेसनले स्रष्टाहरुका बीचमा आपसी भातृत्वको विकास गर्दै नव प्रतिभाहरुको अन्तरनिहित प्रतिभा प्रष्फुटन गर्न जरा फाउन्डेन लागिरहेको बताउनु भएको थियो । जरा फाउन्डेसन वाङमय क्षेत्रको विकास र समुत्थानका लागि संयुक्त राष्ट्रसंघ,युरोपेली युनियन र अमेरिकन सरकारसँग आवद्ध रहेको र त्यस अनुरुप नेपाल तथा विदेशमा साहित्यिक गतिविधि संचालन गरिरहेको त्यसैको क्रम यो गतिविधि पनि हो भन्नु भएको थियो ।
भूपि स्मृति थाक पुस्तकालयका संस्थापक अध्यक्ष बसन्त शेरचनले मुस्ताङमा शैक्षिक विकासका साथै वाङ्मय साहित्यिक शिक्षा अपरिहार्य रहेको र हाम्रो इतिहास गर्व गर्न लायक छ तर हामीले त्यसलाई पछ्याउन सकेका छैनौँ भूपि शेरचनको काव्यिक चेत उनको गरिमालाई बचाउन चिरस्थायी बनाउन हामी नै लागि पर्नुपर्छ त्यसकारण हामीले भूपि स्मृती थाक पुस्तकालय मार्फत विभिन्न साहित्यिक गतिविधि संञ्चालन गरिरहेका छौँ यो कार्यक्रम यसकै एउटा सानो अंश हो यो निरन्तर भइरहने छ शेरचनले भन्नुभएको थियो ।
कार्यक्रममा लेखक समालोचक प्रा.डा.षडानन्द पौडेलले थाकखोला क्षेत्रमा प्रचलित यानीमाया गीत शीर्षकमा गोष्ठीपत्र प्रस्तुत गर्नुभएको थियो । यानीमाया लोकगीत र मुस्ताङ सँगको सम्वन्ध गहिरो रहेको मुस्ताङबाटै त्यो गीत बाहिर गएको कुरा पौडेलले जोड दिनु भएको थियो । उक्त गोष्ठीपत्रमा कवि गीतकार देवेन्द्र केसीले आफ्नो टिप्पणी राख्नु भएको थियो । त्यसैगरी वरिष्ट दर्शनशास्त्री रामराज रेग्मीले तीन दर्शनको सङ्गमस्थलः मुक्तिनाथ शीर्षकको गोष्ठीपत्र पेश गर्नुभयो । मुस्ताङ धार्मिक,साँस्कृतिक र ऐतिहासिक महत्व बोकेको जिल्ला हो । यहाँको धर्म संस्कृति परम्परा बिराट छ धर्म संस्कृतिमा अगाडि छ भन्ने कुरामा रेग्मीको जोड थियो । सो गोष्ठीपत्रमाथि कवि लिली अधिकारीले टिप्पणी गर्नुभएको थियो ।
कार्यक्रममा गजलकार प्राञ्जल, कवि सरस्वती श्रेष्ठ सरु, सावित्री गिरी लिलि अधिकारी देवेन्द्र केसी,सुसिलबाबु थकाली लगायतले रचना वाचन गर्नुभएको थियो । स्थानीय नवप्रतिभाहरुले आफ्नो रचना रचना सुनाएका थिए र नृत्य गीत प्रस्तुत गरेका थिए । सहभागी कविहरुलाई कुलपती गंगाप्रसाद उप्रेती लगायत अतिथिहरुले प्रमाणपत्रले सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा मुल मुखिया जवाहर भट्टचन, थासाङ गाउपालिका वडा नं २ का अध्यक्ष गौतम गौचन, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव तथा दर्शनशास्त्र विभाग प्रमुख प्रा.जगत् उपाध्याय ’प्रेक्षित’, प्राज्ञ परिषद् सदस्य तथा साहित्य (पद्य÷काव्य) विभाग प्रमुख प्रा.डा.हेमनाथ पौडेल, साहित्य (लोकवार्ता र बालसाहित्य) विभाग प्रमुख डा.देवी नेपाल लगायतले मन्तव्य राख्नु भएको कार्यक्रमको सहजिकरण कमल गौचन र सिर्जना शर्माले गर्नुभएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।