

हाङयुग अज्ञात
मिरिक, कवि हाङयुग अज्ञातको एकल कविता वाचन हुने भएको छ । भारतको मिरिकमा असोज ८ गते अज्ञातको एकल वाचन हुने भएको हो ।
विगत अढाइ दशकदेखि लेखनमा सक्रिय अज्ञातको कार्यक्रम मिरिक साहित्य संगमले आयोजना गरेको हो । अज्ञात सृजनशील अराजकता साहित्यिक आन्दोलनका एक अभियान्ता हुन् । उनले आख्यानकार राजन मुकारुङ, कवि तथा फिल्ममेकर उपेन्द्र सुब्बासँग मिलेर डेढ दशकअघि आन्दोलन चलाएका थिए ।
अज्ञातको ‘करङको हिरासत’, ‘मध्यरातको तङसिङ’, ‘रंगीन आविस्कार’ लगायत कविता संग्रह चर्चित छन् ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला

र यो पनि पढ्नुहोस्...

साहित्यपोस्ट
अषाढ २१, बिहीवार ११:५९