काठमाडौँ / नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा नेपाल भाषाका महाकवि सिद्धिदास महाजुको १ सय ५५ औँ जन्मजयन्तीका अवसरमा ‘सिद्धिदास महाजुको व्यक्तित्व र कृतित्व’ विषयक विचार–गोष्ठी तथा नेपालभाषाका गजल वाचन कार्यक्रम आयोजना गरी नेपालभायाा साहित्यका क्षेत्रमा महाजुले दिनुभएको योगदानको स्मरण गरियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपालभाषा नेपालभित्र बोलिने अन्य मातृभाषा भन्दा समृद्ध रहेको बताउनुभयो । उहाँले नेपालभाषामा उल्लेखनीय कृतिहरू लेखिएको उल्लेख गर्नुहुँदै कार्यक्रम सार्थक भएको विचार व्यक्त गर्नुभयो ।

उपकुलपति डा. जगमान गुरुङले नेपालभाषाका स्रष्टाहरूले मातृभाषा साहित्यका लागि दिएको योगदानको प्रशंसा गर्नुभयो ।

सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले नेपालभाषाका महाकवि महाजुले नेपालभाषाका साथै नेपाली भाषामा समेत उत्कृष्ट सृजनाहरू गरेको बताउनुभयो । उहाँले नेपालभाषाको गजल विधामा सिद्धिदासलाई नै पहिलो स्रष्टा मानिने गरिएको उहाँकै गजलबाट नेपालभाषमा जगल परम्परा सुरु भएको बताउनुभयो ।

कर्यक्रमका अध्यक्ष साहित्य (मातृभाषा) विभाग प्रमुख प्राज्ञ लक्ष्मी मालीले नेपालभाषामा कविताको वास्तविक परम्परा सिद्धिदासबाट नै सुरु भएको बताउनुभयो । उहाँले नेपालभाषा साहित्यका चार खम्बामध्ये एक मानिएका सिद्धिदास युगान्तकारी साहित्यकार रहेको विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा अगीव बनेपाली, बद्री वेदना, अमृतमान शाक्य, भुषणप्रसाद श्रेष्ठ, सञ्जय शर्मा, रासा, सुशील राजोपाध्याय र तुयु पुंले नेपालभाषामा आ–आफ्ना गजल वाचन गर्नुभएको थियो । कार्यक्रममा राजेन्द्रप्रसाद पुताले ‘महाकवि सिद्धिदास र नेपाल भाषाय् गजल’ विषयक गोष्ठीपत्र प्रस्तुत गर्नुभएको थियो ।

सिद्धिदासको जन्म नेपाल संवत् ९८७ मा भएको थियो । उहाँलाई नेपालभाषाको पद्य गुरु मानिन्छ । उहाँसँगै नेपाल भाषाको पद्य विधामा पुनरुत्थान सुरु भएको पनि मानिन्छ । नेपाल संवत् १०४० मा उहाँको पहिलो गजल प्रकाशिनेपालभाषाका महाकवि सिद्धिदासको जन्मजयन्तीमा विचार–गोष्ठी र जगलवाचन कार्यक्रम