साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

प्रेस काउन्सिलबाट साहित्यपोस्टकी मायामितु पुरस्कृत

Chovar Blues Mobile Size

यस वर्षको नेपाल प्रेस काउन्सिल साहित्य पत्रकारितामा योगदान दिनु भएकी साहित्यपोस्टकी मायामितु न्यौपाने पुरस्कृत हुनु भएको छ ।

साहित्य क्षेत्रको समग्र पत्रकारितामा साहित्यपोस्टबाट उहाँ मात्र पुरस्कृत हुनु भएको हो । पत्रकारिताका क्षेत्रमा क्षेत्रीय र राष्ट्रिय गरी अनेकन् पुरस्कार हात पार्दा साहित्यपोस्ट पनि मूल्याङ्कनमा परेको हो ।

नेपाली साहित्यिक पत्रकारितामा एउटा मानक सिर्जना गरिरहेको साहित्यपोस्टकी उहाँ संस्थापक सदस्य हुनुहुन्छ ।

२०३४ साल कात्तिक २२ गते झापामा जन्मनु भएकी मायामितु न्यौपानेले २०६० सालबाट जनज्योति साप्ताहिकबाट पत्रकारिता शुरू गर्नु भएको हो । उहाँले त्यसयता पूर्वसन्देश दैनिक, राजधानी दैनिक, रेडियो नेपालवाणी, रेडियो वीरगञ्जमा उहाँ कार्यरत हुनुहुन्थ्यो ।

२०६० सालमा उहाँले नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित कविता प्रतियोगितामा सहभागिता जनाउँदै साहित्यमा कदम चाल्नु भएको थियो । उहाँले वनिता सम्मान २०६१, देवकोटा शतवार्षिकी सम्मान २०६६, क्षेत्रीय शिक्षा पत्रकारिता अवार्ड २०७२ जस्ता पुरस्कारसमेत प्राप्त गर्नु भएको छ ।

sagarmani mobile size

पुरस्कार प्राप्त गर्नेहरूको सूची हेर्नुहोस्ः

प्रतिक्रिया
Loading...