काठमाडौं, भदौ ३१ / नेपाली पुस्तक बजारमा नयाँ पुस्तक ‘छोरीले जन्माएका आमाहरू’ पृथक् पहिचान र फरक स्वादका साथ देखापरेको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षमा सोमबार सार्वजनिक गरिएको यस पुस्तकमा नेपालबाहिर हाल अमेरिकाका विभिन्न राज्यहरूमा बसोबास गरिरहेका बाह्रजना छोरीले लेखेका आमाहरूको जीवनकथा समेटिएको छ । पुस्तकले सातजना जीवित र पाँचजना दिवंगत आमाहरूको सत्य–कथा भनेको छ ।

पुस्तक सार्वजनिक समारोहमा उपस्थित र पुस्तकका पात्रसमेत रहेका तीनजना आमाहरू निर्मला आचार्य, लक्ष्मीदेवी राई र याममाया विश्वकर्माका साथै कार्यक्रमका वक्ताद्वय आरती चटौत र सन्तोष परियार एवं पुस्तककी संयोजक तथा एक लेखक मञ्जु थापाले सामूहिक रूपमा पुस्तकको लोकार्पण गर्नुभएको थियो ।

समारोहलाई सम्बोधन गर्दै वरिष्ठ सञ्चारविद् आरती चटौतले नाम, दाम र परिश्रमसँग महिलाको परिश्रम साटिँदैन भन्दै प्राकृतिक आमा र बनाइएका आमाबीच लाइन खिँचिनु पर्छ तर एकातिर हामी आमालाई पूजनीय स्थानमा राख्दछौँ, अर्कोतिर आमाको कामको मूल्याङ्कन हुँदैन, आमाको नामबाट नागरिकतासमेत पाइँदैन भन्नुभयो ।

चटौतले अगाडि ‘हामीले पूजा गर्ने आमालाई त्यही दृष्टिकोणले मात्रै हेर्ने हो भने अब चल्दैन । आमाको रूपमा सामाजिकीकरणले सबै आमालाई एउटै ठाउँमा उभ्याइदिएको छ । कसले कसका लागि लेख्छ भन्ने पनि महत्वपूर्ण छ । त्यसकारण पनि यो पुस्तकले ‘हर–स्टोरी’ लेखनलाई महत्वपूर्ण मोड दिएको छ ।’

पुस्तकमाथि टिप्पणी गर्दै सामाजिक अभियन्ता एवं लेखक सन्तोष परियारले ‘जब पितृसत्ताको पक्ष नलिई आमाको पक्षमा छोराहरू बोल्ने छन्, तब मात्र परिवर्तन आउने छ भन्दै लोकार्पित पुस्तकमा लगभग डेढ सय वर्षको कुरा अभिलेखीकृत भएको’ उल्लेख गर्दै अगाडि भन्नुभयो, ‘पुस्तकमा समावेश भएआमाहरूका १२ वटा कथा पढेर महसुस ग¥यो भने केही परिवर्तन आउला । विवाहको संस्थाभित्र अर्को संस्था छ– मातृत्वको संस्था । किताबमा लेखिएका सबै आमाहरू छोरीहरूलाई पढ्नु पर्छ भन्नुहुन्छ । उहाँहरू सबै आप्mनो जीवनभन्दा छोरीहरूको जीवन राम्रो होस् भन्नु चाहनुहुन्छ ।’

पुस्तकको परिकल्पनादेखि लेखन, सम्पादन एवं प्रकाशनसम्ममा करिब डेढ वर्ष लामो परिश्रम लागेको उल्लेख गर्दै संयोजक मञ्जु थापाले आप्mनो एक अनुसन्धानबाट मुलुकमा यस किसिमका पुस्तकको संख्या पाँच सयभन्दा बढी नभएको निष्कर्ष निस्केको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कुनै पनि समाजको विकास र राज्य निर्माणमा पुरुषहरू मात्र योगदान हुँदैन, अझ बढी भूमिका महिलाहरूको हुन्छ । हरेक महिलाका भोगाइहरू घरभित्र मात्र हुँदैनन्, त्यसकारण पनि ती सबैबारे लेखिनुपर्छ ।’

मञ्जु थापाले अगाडि भन्नुभयो, ‘दश वर्षअगाडि आप्mनी आमाको जीवनकथा ‘जीवन संघर्षका पलहरू’ लेखेर प्रकाशन गरिसकेपछि मार्टिन चौतारीमा भएको एक छलफल कार्यक्रममा ‘तपाईंले आफ्नी आमाको कथा त लेख्नुभयो, अरूका आमाको कथा कहिले लेख्ने ?’ त्यसपछि मैले यसबारे सोचेँ । हामीले अमेरिकामा जुम मिटिङ ग¥यौँ । पच्चीसजना छोरी आमाहरूको जीवनकथा लेख्न तयार भए तर सबैको कथा आएन । हरेक महिना बैठक गर्दै रह्यौँ र त्यस क्रममा १४ जना आमाहरूका कथाको लेखन र अन्तिम सम्पादनसमेत भइसक्दा केही लेखकले छाप्न चाहनुभएन र योजनाबाट अलग्गिनुभयो । अन्त्यमा हामी १२ जना लेखकको सामूहिक एवं साझा कृतिका रूपमा प्रस्तुत कृति तयार भएको हो ।’

डा. सञ्जीव उप्रेतीद्वारा सञ्चालित समारोहमा पुस्तकमा समाविष्ट अर्की एक लेखक तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज क्यानसास राज्य च्याप्टरकी महासचिव कल्पना तामाङले कविता वाचन गर्नुभएको थियो ।

अस्वस्थताले गर्दा सक्रिय सहभागी नभए पनि उपस्थित रहेकी डा. अर्चना थापाको अगुवाइमा समारोहमा सामाजिक अभियन्ता रुबी खानलाई सम्मान गरिएको थियो ।

सतहमा बाह्रजना आमाको जीवनगाथा भए पनि पुस्तकले उहिले र अहिलेको समय–अन्तरालमा महिलाले भोग्नु परेका, भोगेका र भोगिरहेका विविध सामाजिक–सांस्कृतिक–राजनीतिक–आर्थिक पहलुहरूबारे रोचक ढंगले बोलेको छ ।

पुस्तकमा आमाहरूको जीवनका विभिन्न पक्षहरूको चर्चा गरिएको छ । यसमा ती आमाहरूको व्यक्तिगत जीवनी छ, उहाँहरू बाँचेको समाजको कथा छ, त्यतिबेलाका महिला–पुरुष अवस्थाको चित्रण छ, आमाछोरी सम्बन्धको संस्मरण छ र हजुरआमा–आमा–छोरी–नातिनीहरूको अन्तरपुस्ता नालीबेली पनि छ ।

मूलतः यो पुस्तक ‘हर–स्टोरी डक्युमेन्टेसन’ को एक प्रयास हो, आमाहरूको जीवनी र महिलासम्बन्धी इतिहास लेखनको सम्मिश्रण हो र महिलाहरूको योगदानलाई सम्मान गर्दै त्यसलाई अजर–अमर तुल्याउने अभियानको एक अंश पनि हो । यसका साथै, सरल भाषा र रोचक शैलीमा लेखिएका उल्लिखित सत्य–कथाहरू निजी र सार्वजनिक ‘स्पेस’ मा आमाहरूले गर्दै आएका गोचर र अगोचर संघर्ष, श्रम र योगदान देखाउने आँखीभ्mयाल हुन् ।

मञ्जु थापाको परिकल्पना एवं संयोजनमा जयदेव गौतमको सम्पादन रहेको र अक्षर व्रिmएसन्सले प्रकाशन गरेको “छोरीले जन्माएका आमाहरू” पुस्तकमा इन्द्र गुरौ, उमा शर्मा, कमला न्यौपाने, डा. कविता घिमिरे, कल्पना तामाङ, जानु ओझा, तनुजा पाखरेल, निर्मला राई, मीरा बस्नेत, मञ्जु थापा, डा. मोनिका आचार्य र सञ्जीता बराइली गरी बाह्रजनाका लेख समाविष्ट छन् । करिब ४५० पृष्ठ लामो यस पुस्तकको मूल्य ६५०÷– रुपैयाँ छ ।