काठमाडौँ/अन्तर्राष्ट्रिय नेपाल साहित्य समाज, नेपाल च्याप्टरले जूममार्फत् साहित्य सरोवर – विशेष परिसम्बाद कार्यक्रम “कोरोना कहर र साहित्य सिर्जना” जेठ २७ गते मङ्गलबार सफलताका साथ सम्पन्न गरेको छ।
अनेसास नेपाल च्याप्टरका उपाध्यक्ष दिव्य गिरीद्वारा प्रस्तुत गरिएको उक्त कार्यक्रममा प्रा. डा. खगेन्द्र लुइँटेल, अनेसासका अध्यक्ष राधेश्याम लेकाली, अनेसास नेपाल च्याप्टरका अध्यक्ष सन्ध्या पहाडी, वरिष्ठ उपाध्यक्ष बाबा बस्नेत, महासचिव ऋषभदेव घिमिरे, अनेसास नेपाल च्याप्टरका सदस्यहरू मधु पाठक र रन्जना निरौला, नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने तथा ‘शब्दपथ’का संयोजक कथाकार किशोर पहाडीको महत्त्वपूर्ण उपस्थिति थियो।
प्रस्तोता दिव्य गिरीका अनुसार निम्त्याइएका केही साहित्यकारहरू प्राविधिक कारणले कार्यक्रममा जोडिन सकेनन् ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
