Chovar Blues Mobile Size

एलबी क्षेत्री

कथाकार तथा कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीले एक लाख नगद राशिको पुरस्कार घोषणा गरेका छन् । काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा, कथासङ्ग्रह “सन्तापको धून”को विमोचनमा सभापतीय मन्तव्यका क्रममा क्षेत्रीले उक्त घोषणा गरेका हुन् ।

विगतमा “कविडाँडा राष्ट्रिय उत्कृष्ट आख्यान पुरस्कार” शीर्षकमा २५ हजार राशिको पुरस्कार प्रदान गर्दै आएकोमा वि.स. २०७९ देखि पुरस्कारको राशि एक लाख हुने क्षेत्रीले घोषणा गरेका हुन् । यो पुरस्कार वर्षभरिमा प्रकाशित आख्यान विधाका कृतिमध्येबाट एकलाई प्रदान गरिन्छ ।

०७८ का लागि भने पुरस्कार राशि २५ हजार नै रहनेछ ।