अभिनव साहित्य समाजले मा.वि. स्तरीय कविता प्रतियोगिता गर्ने भएको छ ।
यही भदौ २४ गते शुक्रबार टाइमलाइन मा.वि. गोकर्णेश्वर न.पा. ५ काठमाडौँमा रमेश विकलको नाममा स्थापित विकल बाल प्रतिभा पुरस्कार छनोटका लागि देशव्यापी मा.वि. स्तरीय स्थलगत आशु कविता लेखन तथा वाचन प्रतियोगिता गरिने भएको छ ।
विजयी आशुकविलाई बाल साहित्यका पुस्तकसहित नगद रू. ५०००, ३०००, २०००, र दुई सान्त्वनाका लागि रू १००० प्रदान गरिने भएको छ ।
नगदसँगै मेडल र प्रमाण पत्र पनि रहने आयोजक संस्था अभिनव साहित्य समाजले जनाएको छ ।
सोही दिन नतिजा घोषित हुने र रमेश विकलको जन्मजयन्तीको अवसर पारेर आरूबारीमा आयोजना हुने कार्यक्रममा पुरस्कार वितरण गरिने बताइएको छ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला