नयाँ दिल्ली / 30 अगस्ट, 2022 का दिन युवा साहित्यकार हर्कबहादुर लामगादे ‘रोहित’ को कथासङ्ग्रह ‘रेडियोरिता’ सार्वजनिक गरियो।

दिल्लीको तालकटोरा इन्डोर स्टेडियममा हाम्रो स्वाभिमान ट्रस्टद्वारा आयोजित गरेको तीज महोत्सव कार्यक्रममा मुख्य अतिथि विमल गुरुङ, भारतका लागि नेपालका राजदूत डा. शंकरप्रसाद शर्मा, भाषाविद् विष्णु गुरुङ, भाषा संग्रामी उत्तम क्षेत्री, साहित्यकार धर्मराज थापा एवम् हाम्रो स्वाभिमानका पदाधिकारीका हातबाट लोकार्पित भयो।

‘रोडियोरिता’ सङ्ग्रहमा समावेश भएका कथामा महिला सशक्तीकरण, महिला स्वतन्त्रता एवम् समकालीन कथावस्तु रहेको कथाकार लामगादेले बताउनुभएको छ ।

रेडियोरितको प्रकाशन अम्बर पब्लिकेशले गरेको हो भने लोकार्पण समारोहको आयोजना हाम्रो स्वाभिमान ट्रस्टले गरेको हो। ‘रेडियोरिता’ भारत एवम् नेपालको बजारमा अफलाइन साथै अनलाइनमा उपलब्ध रहनेछ।