नेपालका कृतिलाई वार्षिक रूपमा प्रदान गरिने ‘कवि विमल गुरुङ कृति पुरस्कार’का लागि स्व. कवि विमल गुरुङ स्मृति पुस्तकालय, धरान, नेपालले यस वर्षदेखि भारतबाट पनि कृति मनोनयनका लागि आह्वान गरेको छ।

भारततर्फका कृति सङ्कलनका लागि पुस्तकालयले भारतको सालबारीस्थित प्रकाशन संस्था बुक-आन्टसँग आधिकारिक समझदारी गरेको छ । पुरस्कारमा प्रशस्तिपत्रसहित नगद भारु १,२५,००० (एक लाख पच्चीस हजार) राशि संलग्न रहनेछ।

१४ अप्रेल सन् २०२१-देखि १३ अप्रेल सन्-२०२२-भित्रको अवधिमा भारतबाट प्रकाशित नेपाली भाषाको कुनै पनि विधाको पुस्तक पुरस्कारका निम्ति चयन सूचीमा अन्तर्भुक्ति हेतु प्रेषण गर्न सकिनेछ।

यसका लागि लेखक वा प्रकाशकले ३ प्रति पुस्तक १० अक्टोबर सन् २०२२–सम्म बुक-आन्ट कार्यालयमा पठाउनु पर्नेछ।

यस सम्बन्धी विस्तृत जानकारी बुक-आन्ट-को आधिकारिक वेबसाइट www.bukant.com-मार्फत् वा मोबाइल नम्बर ८१०१३-३९९८७-मा सम्पर्क गरेर प्राप्त गर्न सकिनेछ। किताब जमा गर्दा भर्न पर्ने फारमको लिङ्क यहाँ दिइएको छ: https://docs.google.com/forms/d/e/1FAIpQLSe1c5tBAzN-mOhwm5qsefDhmZ9QgOlAqZZ6rh2EU_ZwqxoXVA/viewform?usp=pp_url