भरतपुर, भदौ ७ / चितवन साहित्य परिषद्ले प्रदान गर्ने राजकृष्ण–मायादेवी साहित्य पुरस्कार २०७९ नवराज लम्सालको महाकाव्य `अग्नि´लाई दिइने भएको छ ।

परिषद्को सोमबार बसेको बैठकले लम्सालको महाकाव्य ‘अग्नि’लाई उक्त पुरस्कार दिने निर्णय गरेको हो । पुरस्कारको राशि ३५ हजार ४५ रुपैयाँ र सम्मानपत्र रहेको छ ।

यो पुरस्कार चितवन साहित्य परिषद्का पूर्व अध्यक्ष स्वर्गीय राजकृष्ण कँडेल र उनकी धर्मपत्नी मायादेवीको नाममा उनका परिवारले स्थापना गरेका हुन् । पुरस्कार १५७ औं मोती जयन्तीको अवसरमा आगामी शुक्रबार आयोजनामा गरिने विशेष साहित्यिक कार्यक्रममा प्रदान गरिने चितवन साहित्य परिषद्का सदस्य बालकृष्ण थपलियाले बताउनुभयो।