Chovar Blues Mobile Size

काठमाडौँ / सुसंकल्प कुञ्ज ज्ञानेश्वर, काठमाडौँद्वारा वरिष्ठ उपन्यासकार सुन्दरप्रसाद शाह दुःखीको ९२ औँ जन्मजयन्तीको अवसर पारी भदौ ४ मा उहाँको नाममा सथापित सम्मान तथा पुरस्कार विभिन्न साहित्यकारहरूलाई अर्पण गरियो ।

कोरोना महामारीका कारण रोकिएको २०७६, २०७७ र २०७८ सालको पुरस्कार क्रमशः अनुगुञ्जन खण्डकाव्यका स्रष्टा उत्तम मगजैया (दाङ), देश‑देशावर कृतिका स्रष्टा जीवा लामिछाने (चितवन) तथा गोरखाको पठनपाठन संस्कृतिका अन्वेषक दिनेशराज पन्त (काठमाडौँ) लाई ३० हजार नगदसहित पुरस्कार अर्पण गरिएको थियो ।

यस्तै २०७७ सालका लागि वरिष्ठ साहित्यकार भागिरथी श्रेष्ठ (गुल्मी), २०७८ प्रयागराज वाशिष्ठ (ओखलढुंगा) र २०७९ का लागि कथाकार देवेन्द्रप्रताप शाह (धादिङ)लाई १५ हजार नगदसहित सम्मानपत्रद्वारा सम्मान गरियो ।

कार्यक्रमकी प्रमुख अतिथि पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले उहाँहरूलाई सम्मान गर्नुभएको थियो ।

डा. भागवत ढकालद्वारा सञ्चालित सो कार्यक्रममा १९८८ मा जन्मनु भएका सुन्दरप्रसाद शाह दुःखीको साहित्यिक योगदानमाथि चर्चा गरिएको थियो ।