तुलसीहरि कोइराला

विराटनगर / नारी स्रष्टा समाजबाट हरेक वर्ष प्रदान गरिँदै आएको मोहन लता विशिष्ट स्रष्टा सम्मान यस वर्ष ओखलढुङ्गा घर भई हाल काठमाडौं बस्नुहुने तुलसीहरि कोइरालालाई दिने निर्णय गरिएको छ ।

एघार हजार राशि रहेको यो पुरस्कार यस वर्षबाट पन्ध्र हजार गरिएको छ । मंसिर १ गते नारी स्रष्टा दिवसका दिन प्रदान गरिन्छ ।

यसैगरी यस वर्षको हेमलता स्रष्टा सम्मान एघार हजार राशिसहितको पाल्पाका विनोद नेपाललाई दिने निर्णय गरिएको छ । सो सम्मान पनि मंसिर १ का दिन विराटनगरमा विशेष समारोहका बीच यो पुरस्कार प्रदान गरिने जनाइएको छ ।

 

 

विनोद नेपाल