
इटहरी, भदौ ४ / तीज पर्व नजिकिदै गरेको र तीज पर्व मनाउने नाममा समाजमा विकृति विसंगति भित्रिदै गएकोमा कवि लेखक तथा सामाजिक अभियन्ताहरूले चाडपर्वका नाममा भित्रिने सबै प्रकारका विकृति विसंगति अन्त्य आवश्यक रहेको तर यो एउटा नारीले मात्र रोक्न नसक्ने बताउनु भएको छ ।
प्रगतिशील लेखक सङ्घ नेपाल १ नं प्रदेश समितिले शनिबार इटहरीको जनजागरण पुस्तकालयको सभा हलमा आयोजना गरेको तीज पर्वको सामाजिक र सांस्कृतिक महत्त्व विषयक विचार गोष्ठी तथा रचना वाचन कार्यक्रम सहभागी वक्ता तथा कवि लेखकहरू सबैले एकमत भएर तीजका नाममा दुई महिना अघिदेखि होटल पार्टी प्यालेस बुक गरेर भड्किलो पाराले मनाउने गरेकोमा असन्तुष्टि व्यक्त गर्नुभयो ।
सो कार्यक्रममा प्रदेश १ की प्रदेशसभा सदस्य तथा सामाजिक विकास समितिकी संयोजक सरिता खड्काले तीज पर्वका नाममा भैरहेको विकृति हटाउन सबैको सहयोग आवश्यक रहेको र देखासिकीले समाजमा चाडपर्व विकृति बढेको बताउनुभयो ।
प्रगतिशील लेखक सङ्घ १ नं प्रदेश अध्यक्ष तीला लेकालीको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रलेस १ नं प्रदेशका सल्लाहकार डा. बद्री विशाल पोखरेलले तयार पार्नु भएको तीजको सामाजिक र सांस्कृतिक महत्त्व विषयक अवधारणा पत्र डा. खेमराज खनालले पढेर सुनाउनु भएको थियो ।
प्रलेस नेपालका महासचिव डा.देवी दुलाल क्षेत्री, भानु भण्डारी जन सांस्कृतिक महासंघ १ नं प्रदेश अध्यक्ष जे. बी. थुलुङ लगायतका वक्ताहरूले तीज पर्वको महत्त्वका बारेमा बोल्नु भएको थियो ।
प्रलेस १ नं प्रदेश सचिवालय सदस्य कविता केशरी, सिर्जना सरोवर, माधव पोखरेल गोज्याङ्ग्रे, टीका आत्रेय, मधु पोखरेल, टीका मिलन, विदुर सुवेदी, रामबावु दाहाल, शिवनारायण सिंगल, जीवनाथ नेपाल, विश्वनाथ नेपाल, भवानीप्रसाद पोखरेल, लीला प्रसाद अधिकारी, कृष्णप्रसाद नेपाल, दिलिप घिमिरे, कालिदास कोइराला, विन्दु दाहाल मुक दर्शक, एल.पी. पराजुली, माया मितु, सुस्मिता नेपाल, सृजना नेपाल, तीर्थराज भट्टराई, इरान राई लगायतका वक्ताहरूले तीज पर्वका बारेमा तथा विविध रचना वाचन गर्नुभएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ मंसिर २०८२, आईतवार 










