सुन्दरप्रसाद शाह ‘दुःखी’ स्मृति प्रतिष्ठानद्वारा आयोजित एक विशेष कार्यक्रममा नियात्राकार जीवा लामिछानेको ‘देश-देशावर’लाई उत्कृष्ट कृतिको पुरस्कार प्रदान गरियो ।
शनिबार काठमाडौँस्थित ग्यालेक्सी स्कुलको सभाकक्षमा आयोजित सो कार्यक्रममा नियात्राकार लामिछानेको उपस्थिति भने थिएन । उहाँ काम विशेषले मस्कोमा हुनु भएकाले उहाँको पुरस्कार तथा सम्मान भाइ खेम लामिछानेले ग्रहण गर्नु भएको थियो । पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीले सो सम्मान तथा पुरस्कार प्रदान गर्नु भएको थियो ।
लामिछानेले कृति लेखेर प्राप्त गर्नु भएको यो प्रथम पुरस्कार तथा सम्मान हो । उहाँका दुई कृति प्रकाशित छन् । पहिलो कृति ‘सर्सती संसार’ सन् २०१६ मा प्रकाशित भएको थियो ।
नेपाली साहित्यमा सुन्दरप्रसाद शाह ‘दुःखी’ एक उपन्यासकारका रूपमा समेत परिचित हुनुहुन्छ । उहाँको ऐतिहासिक उपन्यास ‘सानु हजुर’ प्रकाशित छ । उहाँको यो कृति सबैभन्दा चर्चित कृति हो । उहाँले श्री ३ महाराज वीर शमशेरका पुत्र तेज शमशेरको जीवनीलाई आधार बनाएर सो उपन्यास लेख्नु भएको थियो । तेज शमशेर सुन्दरप्रसादका हजुरबुवा हुनुहुन्थ्यो ।
‘दुःखी’को ९२ औँ जन्मजयन्तीको अवसर पारेर यो पुरस्कार प्रदान गरिएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।